गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राजपुरको विवाद समाधान गर्न छानबिन समिति गठन राजपुरको विवाद समाधान गर्न छानबिन समिति गठन प्रिया स्मृती गजमेर माघ २३, २०७७ गते २१:०९ मा प्रकाशित दाङ– केहि दिन यता देखि विवादित हुँदै आएको राजपुर गाउँपालिकाकाे बिवाद समाधान गर्न छानबिन समिति गठन भएको छ ।शुक्रबार दाङका सहायक प्रमुख जिल्ला चिरञ्जीवी राना, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्द, राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसी र कार्यपालिका सदस्य बिच भएको वृहत् छलफलले वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीको संयोजकत्वमा पांच सदस्यीय छानबिन समिति गठन गरेको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए।शुक्रवार बसेको बैठकमा साधारण माध्यामिक विद्यालय सालभौरीको व्यवस्थापन समितिको मनोनित चार सदस्यीय आधिकारिकताका लागि पचास प्रतिशत अभिभावकको छानबिन गरि पचास प्रतिशत नपुगेमा समितिको भेला गराई पुनः शुरु बाट प्रक्रियामा जाने र पचास प्रतिशत पुगेमा चार सदस्यीय समितिलाई आधिकारिकता दिने त्यस्तै दुई जना पदेन सदस्य बाहेक पांच जना सदस्यहरुलाई सबैको चित्त बुझ्ने गरि सहमतिका आधारमा समितिमा छनौट गर्ने निर्णय भएको छ।आज बसेको बैठकमा खासगरी साधारण माध्यामिक विद्यालय सालभौरीको विद्यालय व्यवस्थापन समितिका बारेमा लामो छलफल भयो, त्यो विषयलाई टुंगोमा पुर्याउनका लागि छानबिन समिति बनाएका छौ अब त्यो समितिले कस्तो प्रतिवेदन तयार पार्छ त्यसैका आधारमा अगाडी बढ्छौ उपाध्यक्ष धनपती देबी यादवले भनिन । बैठक आइतवार छब्बीस गते बस्ने भएको उनले बताए।राजपुर गाउँपालिकाका प्रवक्ता श्याम रोकाका अनुशार विद्यालयको व्यवस्थापन समितिका बारेमा मात्र लिखित सहमति भएको छ अन्य थुप्रै असहमतिका बुँदामा भने मौखिक सहमति भएको छ। विद्यालयको समस्या हाल भयो भने अरु पनि समाधान हुनेछन भन्ने आशा लिएका छौं प्रवक्ता रोकाले भने।क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल