Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी

जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी


दाङ– संसद विघटनको विरुद्धमा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ अन्तर्गतका सबै स्थानिय पालिकाले विरोध सभा सम्पन्न गरेका छन ।

घोराही उपमहानगर पालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । केन्द्रिय सदस्य चौधरीले दुई तिहाईको कम्युनिष्टले निकै चुरीफुरी गरेको भन्दै त्यो सबै तोडिने बताए । देशमा कम्युनिष्ट मात्र रहन्छ भन्ने दम्भ टुक्रा टुक्रा परेको भन्दै अब देश विकासको नेतृत्व कांग्रेसले गर्ने समेत दाबि गरे ।

May be an image of Yogendra Chaudhary

कांग्रेसका पालामा भएका महत्वपुर्ण निर्णय र विकासलाई कम्युनिष्टले गरेको भनेर जनतालाई भ्रम फैलाएकोले सचेत रहन समेत आम नागरिकलाई आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य चौधरीले प्रधानमन्त्री ओलीका लागि र जनताका लागि संबिधान फरक फरक भएको भए भन्नु केहि छैन होइन भने कतै नभएको नियम लाद्न नपाईने बताए ।

No description available.

त्यस्तै घोराहीको धर्नामा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति तथा विरोध कार्यक्रमका विशिष्ट अतिथि भेषराज पाण्डेले कम्युनिष्ट सरकारले जनतालाई ढाटने र भ्रष्टाचारमा लिफ्त भएका आफ्ना नेता तथा कार्यकर्तालाई जोगाउने भन्दा अरु केहि काम नगरेको बताए । संबिधानमै नभएको नियम लादेर संसद विघट गर्ने अधिकार ओली सरकारलाई कसले दियो भन्दै सभापति पाण्डेले प्रश्न गरेका छन ।

May be an image of Bheshraj Pandeya and tree

घोराहीको धर्नामा आयोजित विरोध सभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि दुई सय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

No description available.

साथै केन्द्रिय सदस्य चौधरीले नेपाली कांग्रेस वडा नम्बर ५ को नव निर्मित पार्टी कार्यालय भवनको पनि उद्घाटन गरेका छन ।

त्यसै गरि देउखुरीका लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिकाले सबै वडामा वडास्तरिय विरोध सभाको आयोजना गरेको थियो ।

यसैविच लमही नगरपालिका वडा नम्बर ५ को विरोध सभालाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्वता डिसी चौधरीले सम्बोधन गरेकी छन । विरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डिसी चौधरीले ओली सरकारको चर्को विरोध गरेकी छन । सत्ता, स्वार्थ र शक्तीको आडको ध्वास देखाउदै काङ्ग्रेसको पालामा जारी गरिएको संविधान विघटन गर्नु लज्जास्पद भएको बताईन ।

May be an image of 2 people, people standing and outerwear
त्यस्तै विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा वडा नम्बर ७ को विरोध सभा कार्यक्रमका प्रमुख अतिथी जानकी लाल बस्नेतले ओली सरकारले चालेको कदम असम्बैधानिक भएकोले काङ्ग्रेसले विरोध गर्नु परेको बताए । दुई तिहाइको मात लागेको कम्युनिस्ट काङ्ग्रेसले जारी गरेको संविधानको हत्या गरेको आरोप लगाए ।

May be an image of Janakilal Basnet

त्यस्तै कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख तथा नेपाल महिला संघ दाङ क्षेत्र नम्बर १ का पुर्व क्षेत्रीय अध्यक्ष देबका बेल्बासेले बर्तमान सरकार काण्डै काण्डमा फसेर माखो मार्न नसकेको आरोप लगाइन । सरकार छाडा भएर हिडिरहेको भन्दै समयमै जनता चनाखो भै नियन्त्रण गर्नु पर्ने बताईन ।

No description available.

लमही नगर विकास समितिका पुर्व अध्यक्ष घनश्याम सुबेदीले देशका सबै शक्तिलाई सेटिङ मिलाएर संसद बिघटन गरेका ओलीले आफुनै सर्बैसर्वा ठानेको आरोप लगाए । त्यसै गरि क्षेत्रीय प्रतिनिधि दिनेश गिरीले ओली सरकारले कानुनको उपहास गर्दै मनोमानी ढङ्गले अघि बढेको आरोप लगाए ।

No description available.

त्यस्तै नेपाल शिक्षक संघ कार्य समिती दाङका सल्लाहकार पदम प्रसाद योगीले प्रजातन्त्र खतरामा पार्न खोजेकोले अब जनता जाग्नु पर्ने बताए ।

No description available.

त्यस्तै लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले आफ्नो पार्टी भित्रको झगडाले संसद विघटन गर्नु निन्दनीय भएको बताउदै जनताले दिएको म्यान्डेटको बेवास्ता गरेको बताए ।

No description available.

वडा सदस्य कुल बहादुर बुढा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सचीव नारायण प्रसाद मज्गैयाले गरेका थिए । लमही नगरपालिका वडा नम्बर ८ मा नेपाली काङ्रेसका जिल्ला सदस्य तथा विरोध सभा कार्यक्रमका प्रमुख अतिथी कुमार घिमिरेले कम्युनिस्ट सरकारको ज्यादती विरुद्ध काङ्ग्रेस एक भएर अघि बढ्नु पर्ने बताए ।

त्यसै गरि संसद विघटनका विरुद्धमा वडा नम्बर ९ को रिहारमा आयोजित विरोध सभा कार्यक्रमलाई क्षेत्रीय प्रतिनिधि शेखर पछाईले सम्बोधन गरेका थिए ।

No description available.

No description available.

No description available.

No description available.

 


क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस