गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी प्रिया स्मृती गजमेर पुस २५, २०७७ गते १८:५५ मा प्रकाशित दाङ्ग -प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल दाङको निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लडे जमानत जफत गरि दिने चेतावनी दिएका छन ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनतालाई घात गर्नेहरुलाई अब जनताले सबक सिकाउने बताए ।त्यस्तै प्रचण्ड नेपाल समुहका अर्का लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको आरोप लगाएका छन् ।प्रधानमन्त्री ओलीले संविधान विपरित काम गरेर जनतामाझ भ्रममा पार्ने काम गरेको बताए । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटीका अध्यक्ष बसन्त नेपालीले देशमा समृद्ध, शुसान आउने बेला प्रधानमन्त्री ओलीले कुर्सीको लागि संसद विघटन गरेको बताए ।कार्यक्रममा राजपुर गाउँ कमिटी सचिवालय सदस्य रामप्रसाद यादव, स्थानीय नेता श्यामेस चौधरी, कृष्ण गिरी, दिपक चौधरी, युवा तथा खेलकुद विभागका जिल्ला सदस्य बिमल जैसी, युवा नेता मोहम्मद याकूब लगायतको उपस्थिति रहेको थियोे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बरका युवा नेता जगत खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण गिरिराज पौडेलले गरेका थिए ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती गाउँपालिका दुई नम्बर वडा कमिटी अध्यक्ष बसन्त नेपालीको सभापतित्व एवम् प्रचण्ड नेपाल समुहका केन्द्रिय सदस्य मेटमणी चौधरीको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा राप्ती गाउँपालिका कमिटीका अध्यक्ष धर्मराज अधिकारी, नेकपा जिल्ला बुद्धिजीवी दाङ जिल्ला प्रमुख भूमाण्डव केसी, राप्ती गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष जगतबहादुर थापा, नेकपाका युवा नेता श्यामेस चौधरी लगायतका बक्ताले बोलेका थिए ।।क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न