गृहपृष्ठ ∕ राजनीति ∕ कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी कुनै पनि हालतमा संसद पुनस्थापना हुनै पर्छ —अध्यक्ष केसी प्रिया स्मृती गजमेर पुस २२, २०७७ गते १९:२४ मा प्रकाशित दाङ्ग -राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले नेकपाको आन्तरिक लडाईको चपेटामा जनता परेको आरोप लगाए ।राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिले बुधवार लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताएका हुन । सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भीर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नु पर्ने बेला आएको केसीले बताए । जनताले दिएको म्यान्डेड पुरा नगर्दै सिमित स्वार्थको लागि संसद विघटन गर्नु दुखद भएको भन्दै अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको चर्को आलोचना गरे ।सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पिडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरे केसीले भने । “लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको हो”—, यो अप्रजातान्त्रिक, असंबैधानिक तरिकाले संसद बिघटन गर्नलाई हैन—जुन दिन संसद बिघटन भयो सोहि दिन नै जनमोर्चाले समर्थन फिर्ता लिएको हो” अध्यक्ष केसीले भने ।संसद बिघटनको असर अब बिस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट, छैन २०४८ सालमा पनि संसद बिघटन पछि पुनस्थापना भएको इतिहास छ त्यसैले केपी ओली सरकारले बिघटन गरेको संसद तुरुन्तै पुनस्थापना गर्नु पर्ने उनको भनाई छ ।राष्ट्रिय जनमोर्चा दाङ्गले बिहिवार दाङ्गको घोराहीमा संसद बिघटन गरेको विरुद्घमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी दाङ्ग आई पुगेका छन । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटिका उपाध्यक्ष तारा प्रसाद खनालको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा अखिल छैठौंका केन्द्रिय सदस्य बसन्त आचार्यको स्वागत र कार्यक्रमको संचालन नगर सचिव लेखराज आचार्यले गरेका थिए ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?बढ्यो पेट्रोलियम पदार्थको मूल्यसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाराष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी