Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी

पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी


दाङ्ग -नेपाली कांग्रेसका केन्द्रिय सदस्य पार्बता डिसी चौधरीले पार्टीलाई बलियो बनाएर लैजानमा महिलाहरुको महत्वपुर्ण भूमिका रहेको बताईन ।

साथै उनले मुलुकको र्बतमान परिस्थितिमा नेपाली कांग्रेसलाई एक ढिक्का भएर अघि बढाउन महिलाको काँधमा ठुलो जिम्मेवारी आएको बताएकी छन । नेपाल महिला संघ दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको प्रदेश स्तरिय कमिटि गठन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौधरीले यस्तो बताएकी हुन् ।

Image may contain: 5 people, including Lila Shah, people sittingपार्टी बाट आफुहरुले पाएको जिम्मेवारिको कामलाई वडास्तबरबाटै लागु गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताईन । उनले र्बतमान सरकारको असंबैधानिक कदम बिरुद्ध यही पुष २५ गते नेपाली कांग्रेसले आयोजना गरेको बिरोध कार्यक्रममा महिलाहरुको सकृय सहभागिताको आबश्यकता रहेको बताईन ।

Image may contain: 16 people, including Minu Gurung and Sabitra Rana, people standing

नेपाल महिला संघ दाङले प्रदेश स्तरिय क्षेत्रिय कमिटि गठन गरेको छ । नेपाल महिला संघ दाङको आयोजनामा मंगलवार लमहीमा आयोजित कार्यक्रममा दाङ निर्बाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश स्तरिय कमिटि गठन भएको हो । दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क को सभापतिमा बिष्णु देबी कुवँर र उपाध्यक्षमा बिष्णुमाया बस्याल चयन भएका छन् । त्यस्तै प्रदेश ख को सभापतिमा बिमला लम्साल र उपाध्यक्षमा राधा केसी चयन भएका छन् ।

Image may contain: 6 people, including Manju Bajracharya, Sabitra Rana and Lila Shah, outdoor

त्यसै गरि क्षेत्रिय सचिबमा श्यामा रावत चयन भएकी छन । त्यसैगरि निर्बाचन क्षेत्र नम्बर १ अन्तर्गत पालिका स्तरिय कमिटिको सभापतिमा लमही नगरपालिकामा हिमादेबि बुढाथोकी , राप्ती गाउँपालिका स्तरिय महिला संघको सभापतिमा तारा घिमिरे, गढवा गाउँपालिकामा ओभा पाठक र राजपुर गाउँपालिकामा रिता बिक चयन भएका छन् । नेपाल महिला संघ दाङका सभापति गोमा रावतको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पार्बता डिसी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Image may contain: 3 people, including Moti Bishwokarma, people sitting

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल महिला संघ केन्द्रीय सदस्य गिरिजा देबि न्यौपानेले नेपाली कांग्रेसका महिला कार्यकर्ताहरुले अबको दिनमा पार्टिमा अझ बढि ईमान्दारी, बफादारि र उर्जाशिल भएर अगाडी बढ्न आबश्यक रहेको बताईन ।

Image may contain: 10 people, including Manju Bajracharya, Sabitra Rana, Lila Shah and Bimala Lamsal Bhetwal, people standing

त्यस्तै अर्का विशिष्ट अतिथि तथा संविधान सभा सदस्य शुसिला चौधरीले नेतृत्व छनोट गर्दा वडा स्तर देखि नै सबै पक्ष, जात बर्गलाई समेटेर समाबेसि तरिकाले गर्न सके मात्र राजनितिमा सबैको अधिकार सुनिश्चत हुने बताईन ।

Image may contain: 3 people, people standing and indoor

कार्यक्रममा नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले नेपाल महिला संघ महिलाहरुको पहिलो संगठित संघ भएकोले महिलाहरुको बिकाश र उत्थानका लागी महिला संघमा गोलबद्ध महिलाहरुले महलिाहरुको चौतर्फि बिकाशको लागी अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका कोषाध्यक्ष साबित्रा राना, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का पुर्ब क्षेत्रिय सभापति अनुराग यादब लगाएतले मन्तब्य राखेका थिए ।

दुई चरणमा संचालित कार्यक्रमको सहजिकरण नेपाल महलिा संघ दाङका सचिब लक्ष्मी योगी र सहसचिब मन्जु बज्राचार्यले गरेका थिए । नेपाल महलिा संघले प्रदेश कमिटि गठनको अभियानलाई अब अन्य निर्बाचन क्षेत्रहरुमा पनि छिटै विस्तार गर्ने भएको छ ।


क्याटेगोरी : राजनीति, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस