गृहपृष्ठ ∕ राजनीति ∕ हामी निर्वाचन आयोग गइसक्यौं, बालुवाटारको बैठक नौटंकी मात्र : प्रचण्ड हामी निर्वाचन आयोग गइसक्यौं, बालुवाटारको बैठक नौटंकी मात्र : प्रचण्ड दीप संञ्चार पुस ६, २०७७ गते १८:०० मा प्रकाशित काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताए ।प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले पुस ७ गते १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो । यो बैठकमा स्थायी कमिटीका ४५ मध्ये ३१ सदस्य उपस्थित थिए ।प्रधानमन्त्री ओलीले भने भोलि विहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका छन् ।पार्टीका अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएको आफूले पनि जानकारी पाएको प्रचण्डले बताए । बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’हिजो पार्टी एकता गर्दाका ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको भन्दै उनले भने, केन्द्रीय कमिटीको वैधानिकता अथवा बहुमतको स्थिति के हो भन्ने विचार नगरी निर्वाचन आयोगबाट कुनै कदम चालिने छैन भन्ने विश्वास पनि लिएका छौं । त्यसकारण हामीले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने उनले बताए । ‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’स्रोत – अनलाइन खबर क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल