Techie IT
×
गृहपृष्ठराजनीतिदेशैभर सरकार विरुद्द कांग्रेसको प्रदर्शन

देशैभर सरकार विरुद्द कांग्रेसको प्रदर्शन


काठमाडौं – सरकारविरुद्ध देशभर भएको प्रदर्शनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई जगाएको छ । तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् ।

सरकारविरुद्ध कांग्रेसले सोमबार बझाङ र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा प्रदर्शन गरेको छ । देशभरका प्रदर्शनमा कांग्रेस कार्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता देखिएको थियो । पार्टीका केन्द्रीय नेताहरुले नै जिल्ला-जिल्लामा पुगेर विरोध प्रदर्शनको अगुवाइ गरेका थिए ।

Image may contain: 2 people, including Madu Thapa, people standing, crowd and outdoor
काठमाडौंको शान्ति बाटिकामा भएको विरोध प्रदर्शनमा झण्डै ७/८ हजारको सहभागिता रहेको कांग्रेस नेताहरुले बताएका छन् । जिल्लाहरुमा भएको प्रदर्शनमा पनि उल्लेख्य सहभागिता देखिएको कांग्रेस नेताहरुले बताएका छन् ।

सुरक्षा निकायले गरेको रिपोर्टिङमा पनि कांग्रेसको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएको निश्कर्ष निकालेको छ । उसले देभरका प्रदर्शनमा करिब ९२ हजारको सहभागिता रहेको रिपोर्ट तयार पारेको बुझिएको छ ।

ओली सरकारको पक्षपातपूर्ण एवं सर्वसत्तावादी प्रवृत्ति, कोभिड-१९ नियन्त्रणमा देखिएको उदासीनता र भ्रष्टाचारको विरोध गर्दै प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन् ।

Image may contain: one or more people, people walking, crowd and outdoor

प्रदर्शनहरुमा ओलीविरुद्ध चर्का नाराहरु लगाउनका साथै कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताले प्रधानमन्त्रीको राजीनामासमेत मागेका छन् ।

सरकारको चर्को आलोचना

विरोधसभालाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । भ्रष्टाचार डुबेको, अधिनायकवादतर्फ उन्मुख भएको, कोरोना महामारी नियन्त्रणमा चुकेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले ‘राजा आऊ, देश बचाऊ’ भन्दै प्रदर्शन गर्दै हिँडेका राजावादीहरुतिर पनि निशाना साँधे ।

हेटौंडामा आयोजित सभालाई सम्बोधन गरेका सभापति देउवाले कोरोना महामारीमासमेत सरकारले भ्रष्टाचार गरेको बताए । महामारीका बेला आफूहरुले निर्शत समर्थन गर्छौं भन्दा पनि सरकार भ्रष्टाचारमा लागेको देउवाको आरोप छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस