Techie IT
×
गृहपृष्ठराजनीतिमतदाताले लखेटे नेकपाका नेतालाई, मौनअवधिमा नेताले बाँडे पैसा र आश्वासन (भिडियोसहित)

मतदाताले लखेटे नेकपाका नेतालाई, मौनअवधिमा नेताले बाँडे पैसा र आश्वासन (भिडियोसहित)


बागलुङ – उपनिर्वाचको मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्न खोजेको भन्दै बागलुङमा स्थानीय मतदाताले नेकपाका नेताहरुलाई लखेटेका छन् । बागलुङ क्षेत्र नम्बर २ को ख मा हुन लागेको निर्वाचनलाई प्रभावित पार्न क्षेत्र नम्बर २ कै कबाट निर्वाचित सांसद चन्द्रबहादुर बुढा सहितका नेकपा नेताहरुलाई स्थानीयले लखेटेका हुन् ।

स्थानीयले मौनव अवधिमा आश्वासन बाँड्न गएका नेताहरुको गाडी पनि नियन्त्रणमा लिएका थिए भने के के बाँड्न आएको हो भन्दै खानतलासी गरेका थिए । मौन अवधिमा चुनावी प्रचार गर्न नपाइने भएपनि टोली नै लिएर सांसद बुढा गाडीमा तमानखोला गाउँपालिका–१ बोङ्गादोभान पुगेका थिए । उक्त समुहले मतदातालाई विभिन्न विकास आयोजना ल्याईदिने र आर्थिक सहयोग गर्ने प्रलोभन दिईरहेको अबस्थामा फेला पारेको दावी गरिएको छ ।

अरुबेला विकास निर्माणका योजना नल्याउने तर चुनावका बेला विभिन्न प्रलोभन देखाउनै भन्दै स्थानीयले आक्रोस पोखेको भिडियो सार्वजनकि भएको छ । स्थानीयले सोधपुछ गरि आचारसंहिता बिपरित मतदाता प्रभावित गरेको ठहर गरेपछि गाडी नियन्त्रणमा लिइएको बताएका छन् ।

उनीहरुले मतदातालाई पैसा पनि बाँडेको आरोप लगाइएको छ । सार्वजनिक भएको भिडियोमा पैसा बाँडन खोजेको आरोप लगाइएको छ । तर पैसा बाँडेको भन्दै स्थानीयले थर्काएपनि सांसद बुढा सहितको टोलीले अस्विकार गरेको भने देखिएको छैन ।

मतदाता प्रलोभनमा पार्ने समुहमा प्रदेश सांसद चन्द्रबहादुर बुढासहित बागलुङ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुंगाना, नेकपा बागलुङ ईन्चार्ज बलावती शर्मा, राजमोका जिल्ला अध्यक्ष अमर थापा , गण्डकी प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाहकार गोविन्द नेपाली लगायतका नेताहरु थिए ।

बडियो अहिले सामाजिक सञ्जालमा भइरल भएको छ । उनीहरुले दुई लाखको चेक दिएर आएको पनि स्थानीयले दावी गरेका छन् ।

बागलुङ २ (ख) मा हुने प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जीतबहादुर शेरचनर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही बीच मुख्य प्रतिस्पर्धा हुन लागेको छ । रेडियो एनआरएनबाट


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस