Techie IT
×
गृहपृष्ठराजनीतिउपनिर्वाचनमा कांग्रेसलाई जिताउन तरुण दलको निर्बाचन परिचालन समिति गठन

उपनिर्वाचनमा कांग्रेसलाई जिताउन तरुण दलको निर्बाचन परिचालन समिति गठन


काठमाडौँ – उपनिर्वाचनमा नेपाली कांग्रेस पार्टीलार्ई जिताउन नेपाल तरुण दलले विभिन्न निर्बाचन परिचालन समितिहरु गठन गरेको छ तरुण दलले एक बिज्ञप्ती जारि गर्दै देशैभरका तरुणहरुलाई निर्बाचनमा होमिन आग्रह गरेको छ ।

तरुण दलले घोषणा गरेको निर्बाचन परिचालन समितीको केन्द्रीय निर्बाचन परिचालन समितिको संयोजकमा महासचिब भुपेन्द्र जंग शाही, निर्बाचन परिचालन समितिको तरुण युवा संयोजकमा सुरेश डंगोल, चुनाब प्रचार प्रसार समितिको संयोजकमा सानु तामाङ्ग,अनुगमन समितिको संयोजकमा गौरब लामा लगाएत विभिन्न सतहत्तर जिल्लाका तरुण अध्यक्षहरु सदस्य रहने गरि समिती गठन गरिएको छ ।


उक्त समिति गठनसँगै तरूण दलको महासचिबको नेतृत्वमा निर्वाचन यात्रा – २०७६’ सुरु गरेको छ । देशैभरि नेपाली कांग्रेसलाई विजयी गराउन तरुण दलले युवाहरुलाई परिचालन र प्रोत्साहनकालागि तरुण निर्वाचन यात्राको कार्यक्रम थालेको हो ।

तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजङ्ग शाहीले तरुणहरु लाई उपनिर्वाचनमा कांग्रेसलाई जिताउन तरुणहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन । महासचिव शाहीकाअनुसार भक्तपुरदेखि सुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै बिभिन्न जिल्ला गएर टुंगिनेछ ।

अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, ¥याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रम गरिएको छ । महासचिव शाहीले काँग्रेस उम्मेदवारलाई विजयी गराउन अभियान संचालन गरिएको जानकारी दिए । अभियानमा शाहिसङ्गै सुरेस ,सानु तामाङ्ग,गौरब लामा,नारायण भन्डारिलगाएत युवाहरु सहभागि भएका छन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस