गृहपृष्ठ ∕ राजनीति ∕ नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता नेपाललाई अर्को डेढ अर्ब बरावरको सहयोग, जर्मन राजदुत र उर्जा मन्त्री वीच भेटवार्ता दीप संञ्चार कात्तिक १८, २०७६ गते १७:०७ मा प्रकाशित काठमाडौं, उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयमा आइतबार भएको भेटमा द्धिपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।मन्त्री पुनले जर्मन सरकारले उर्जा, प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । उनले सोलार र मिनिग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुँच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले भने, ‘सरकारले पूर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ, त्यसमा जर्मन सरकारले उपलब्ध गराउने सहयोग हामीलाई उपयोगी हुुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।भेटमा जर्मन राजदूत शेफरले उर्जा र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन इच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बराबरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए ।मन्त्री पुनले उक्त सहयोगको लागि धन्यवाद दिँदै वैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए । भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहूँ जलविद्युत परियोजना लगायतका विषयमा समेत छलफल भएको थियो ।क्याटेगोरी : राजनीतिट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहणविवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामाबालेनको जित निश्चित !काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु