Techie IT
×
गृहपृष्ठराजनीतिइलाम-२ को उपचुनाव : एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार

इलाम-२ को उपचुनाव : एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार


काठमाडौँ।  इलाम २ को उपचुनावमा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

 

आज बसेको सचिवालयको बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको हो।

बैठकले ‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि आफ्नो  उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ।

एमालेले  यसअघि सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल, र रिप्पल राईको नाम केन्द्र पठाएको थियो।

सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

उक्त रिक्त क्षेत्रमा वैशाख १५ गते चुनाव हुँदैछ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस