Techie IT
×
गृहपृष्ठराजनीतिअपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्नु पर्दैन : गृहमन्त्री

अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्नु पर्दैन : गृहमन्त्री


काठमाडौँ।   गृहमन्त्री रवि लामिछानेले अपराधीलाई कारबाही गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने बताएका छन् ।

आज बिहान  सामाजिक संजाल मा पोस्ट गर्दै उनले गैरकानुनी काम, कर छली, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गर्ने व्यक्ति र समूहलाई कारबाही गर्न आदेश कुर्न नपर्ने बताएका हुन् ।

उनले  केहि दिन अघि मात्र सामाजिक संजालमा आफु  होम वोर्कमा समेत रहेको बताएका थिए. उनले आफुहरु चेक लिस्टमा रहेको र हम्वोर्कको तयारी गरिरहेको बताएका  हुन्।

उनले लेखेका छन:  देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन’, गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस