Techie IT
×
गृहपृष्ठराजनीतिराष्ट्रिय सभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता


काठमाडौँ।  राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल र कांग्रेसका युवराज शर्माले उम्मदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टीका शेखरकुमार सिंह छन् ।

भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दाहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् ।

मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुनेछ। राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ।एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस