Techie IT
×
गृहपृष्ठराजनीतिमतदाता नामावलीमा उम्मेदवारकै नाम नभेटिएपछि…

मतदाता नामावलीमा उम्मेदवारकै नाम नभेटिएपछि…


काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा राष्ट्रियसभाको एक उम्मेदवार परिवर्तन गरेको छ ।

महोत्तरीका अर्जुन सिंहको उम्मेदवारी दर्ता नहुने भएपछि उनको ठाउँमा जनकपुरधामकी विजेता झालाई उम्मेदवार बनाएको हो।

सोमबार उम्मेदवारी मनोनयनका निम्ति जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेका सिंहको नामावली लिस्टमा नभेटिएपछि उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले फर्काइदिएको थियो ।

त्यसपछि झालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए । झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन्।


क्याटेगोरी : राजनीति
ट्याग : #राष्ट्रिय सभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस