Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा

कांग्रेस बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौँमा


काठमाडौँ। नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो

। सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापति लगायतको सहभागिता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशिक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताए । उनले मुलुकको संविधानपछि पार्टीको विधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गरे ।

अहिले प्रदेशले काम गर्न नपाउँदा प्रदेश नै आवश्यक नरहेको हो की भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उनले बताए ।

त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताएका छन् । त्यस्तै उनले विधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राखे । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस