Techie IT
×
गृहपृष्ठराजनीतिचितवन–२ मा ३ बजेसम्ममा ५१ प्रतिशत मत खस्यो

चितवन–२ मा ३ बजेसम्ममा ५१ प्रतिशत मत खस्यो


काठमाडौँ, चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।  आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशतभन्दा बढी मत खसेको छ ।  निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ ।

भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान केहिवेर प्रभावित भएपनि सुचारु गरिएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न सर्वदलीय बैठक जारी रहेको बताइएको छ ।

चितवन २ मा रास्वपाले मतदानका क्रममा आचारसंहिता उलंघन गरेको विषयमा माफी मागेपछि विवाद मिलेको छ । भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रास्वपाका कार्यकर्ताले उपनिर्वाचनको मतदान चलिरहेका बेला आचारसंहिता उलंघन गर्दै कार्यक्रम सञ्चालन गरेको आरोप एमालेलगायतका दलहरुले गरेका थिए ।

दुई पक्षबीच झडपको स्थिति बन्दा मतदान प्रभावित बनेको थियो । मतदान सुचारु गर्ने सम्बन्धमा भएको सर्वदलीय बैठकमा रास्वपाले गल्ती भएको स्वीकार्दै क्षमायाचना गर्ने निर्णय गरेको छ ।

मतदान केन्द्रको ३०० मिटर वरपर शान्ति सुरक्षा कायम गर्ने, आचारसंहिता उलंघनको विषय मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराउने, सबै दल एकढिक्का भएर चुनाव सम्पन्न गर्न लाग्नेसहितको ४ बुँदे निर्णय समेत भएको छ । सो निर्णयपछि भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा पुनः मतदान सुरु गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #Breakig, #उपनिर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस