Techie IT
×
गृहपृष्ठराजनीतिचीनका राष्ट्रपति सी चिनफिङ काठमाडौंमा, राजकीय सम्मान सहित विविध कार्यक्रम

चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौंमा, राजकीय सम्मान सहित विविध कार्यक्रम


चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्।

भारतको चेन्नईबाट सी एयर चाइनाको विषेश विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्।

पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुन्। यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए।

सीलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन्। सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सरकार विभिन्न मन्त्री र उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन्।

विमानस्थलमा नेपाली सेनाको विशेष टुकुडीले राष्ट्रपति सीलाई सम्मान गारत (गार्डअफ अनर) दिएको छ।

सी त्रिभुवन विमानस्थलबाट कालीमाटीस्थित होटल सोल्टी जानेछन्। साँझ राष्ट्रपति भण्डारी र सीबीच शितलनिवासमा भेटवार्ता हुनेछन्।

राष्ट्रपति भण्डारीले समकक्षी सीको  सम्मानमा आज साँझ रात्रीभोज आयोजना गरेकी छन्। होटल सोल्टीमा हुने रात्रीभोजभन्दा अघि सी र नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट हुनेछ। सोल्टी होटलमा हुने उक्त भेट वान टु वान हुने देउवाको सचिवालयले जनाएको छ।

सीले आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम छ।

आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली  र राष्ट्रपति सीबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ। दुई नेताको उपस्थितिमा नेपाल-चीनबीच केही सम्झौता र समझदारी पत्रमा  हस्ताक्षर हुनेछ।

राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फर्कनेछन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस