गृहपृष्ठ ∕ राजनीति ∕ मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै मध्यपुर थिमिमा ज्वाइँलाई हराएर जेठान मेयर बन्दै दीप संञ्चार जेठ ३, २०७९ गते १६:५३ मा प्रकाशित भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयको नजिक पुगेका छन् । एमालेबाट मेयरमा उम्मेदवारी दिएका मदनसुन्दर श्रेष्ठलाई तीन हजार पाँंच सयभन्दा बढी फरक पारिरहेका सुरेन्द्र विजयी नजिक पुगेका हुन् ।मध्यपुर थिमि नगरपालिकाकामा जम्मा नौ वडा छन् । अहिलेसम्म सात वटा वडाको मतगणना सकिसकेको छ । अब वडा नम्बर ८ र ९ गरी दुई वटा मात्रै वडाको मतगणना बाँकी छ । यो दुई वटा वडामा पाँंच हजार सात सय मत खसेको छ। यो दुवै वडामा एमाले बलियो मानिँदैन । यसअघि यहाँ नेपाल मजदुर किसान पार्टीले विजयी हासिल गरेको थियो । यही कारण काँग्रेसको मेयर सुरेन्द्र विजयी नजिक पुगेको हो ।सुरेन्द्रलाई पछ्याउँंदै गएका एमालेका मदनसुन्दर श्रेष्ठ निवर्तमान मेयर हुन् । नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको गठबन्धनबाट यसअघिको स्थानीय निकायको निर्वाचनमा उनी भारी मतले मेयरमा विजयी भएका थिए ।मध्यपुर थिमि नगरपालिकामा हालसम्म कांग्रेसले वडा नं १, २, ३, ५ र ६ गरी पाँंच वडामा अध्यक्ष जितिसकेका छ भने एमालेले वडा नम्बर ४ र ७ गरी दुई वडामा अध्यक्ष जितेका छ ।नाताले सुरेन्द्र र मदनसुन्दर ज्वाइँ जेठान हुन् । सुरेन्द्र जेठान हुन् भने मदनसुन्दर ज्वाइँ हुन् ।क्याटेगोरी : राजनीति, समाचारट्याग : #स्थानीय तह निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट