गृहपृष्ठ ∕ राजनीति ∕ मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो दीप संञ्चार वैशाख ३०, २०७९ गते ११:३१ मा प्रकाशित काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्यापर बालेन्द्र शाह (बालेन शाह) ले मतदान गरेका छन् । बिहान ठिक ११ बजे सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् ।अन्य उम्मेदवारहरू तथा नेताहरूले बिहानै मतदान गरेपनि शाहले ढिला गरी मतदान गरेका हुन् । काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका छन् ।मत हाल्नुअघि मतदान केन्द्रमा रहेका अन्य मतदाताहरूसँग उनले कुराकानीसमेत गरेका थिए । उनी बिहानैदेखि विभिन्न मतदान केन्द्रको अवलोकनका लागि निस्किएका थिए । उनले सुरूमा बिहानै बसन्तपुर मतदान केन्द्रको अवलोकन गरेका थिए । त्यसपछि उनी महानगरभित्रका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका थिए । विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि उनी मतदान गर्न पुगेका हुन् ।उनले ११ः०३ बजे साइत जुराएर मतदान गरेका थिए । ‘सुरुमा हाम्रो स्थिति कस्तो छ भनेर हेर्न खोजेका थिए । हाम्रो स्थित एकदमै राम्रो छ । त्यसपछि म भोट हाल्न आए,’ शाहले भने ।विभिन्न मतदान केन्द्रको अवलोकन गरेपछि आफ्नो जीत सुनिश्चित भएको उनको भनाइ छ । काठमाडौंमा कुनै प्रकारको चुनौती नरहेको भन्दै अहिलेसम्म काम गर्ने मान्छे नभएको बताए । ‘काठमाडौंमा केही पनि चुनौती छैन । काम गर्ने मान्छे नभएर अहिलेसम्म समस्या भएको हो । हामी जितेर आएपछि काम गर्छौ,’ शाहले भने । जनतापाटी क्याटेगोरी : राजनीति, समाचारट्याग : #बालेन शाह, #मतदान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल