Techie IT
×
गृहपृष्ठराजनीतिएससीसीलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला

एससीसीलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीको विषयलाई छिट्टो निकास दिनुपर्ने बताएका छन् ।

काठमाडौँमा जारी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा नेता डा। कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरूबीचको सहमतिबाट नभए सार्वभौम संसद्मा प्रक्रियामार्फत् निकास दिनुपर्ने धारणा राखेका हुन् ।

एमसीसीको विषयमा गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने गठबन्धन, सरकार, पार्टी र संसदको क्षमतामाथि नै प्रश्नहरू उठने पनि उनको भनाइ छ ।

उनले एमसीसीको विषय अब धेरै माथि उठिसकेकाले निकै गम्भीर बन्नुपर्ने पनि बताए ।

नेपालको विकासका लागि आएको अनुदानलाई विभिन्न रङ्ग दिन खोजिएको भन्दै डा। कोइरालाले असन्तुष्टि पनि जनाएका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #शेखर कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस