Techie IT
×
गृहपृष्ठराजनीतिओलीपछि प्रचण्ड भेट्न खुमलटार पुगे शेखर कोइराला

ओलीपछि प्रचण्ड भेट्न खुमलटार पुगे शेखर कोइराला


काठमाडौँ – सत्तारूढ नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।

नेता कोइराला केही बेरअघि प्रचण्ड निवास खुमलटार पुगेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । भेटमा दुई नेताबीच एमसीसी, स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थिति र संसदको गतिरोध अन्त्यका विषयलगायतमा छलफल हुने बताइएको छ ।

कोइरालाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका हुन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #शेखर कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस