गृहपृष्ठ ∕ राजनीति ∕ नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय दीप संञ्चार असार १, २०७८ गते १६:५३ मा प्रकाशित सुर्खेत-– कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।चार सांसदको पुनर्बहालीपछि बसेको आजको बैठकमा माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला पनि सहभागी थिए । सर्वोच्चको आदेशबाट प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा प्रदेशसभा सदस्यको हैसियतमा पुनर्बहाली भएका थिए ।माओवादी नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा आज निर्णयार्थ पेश हुँदैछ भने त्यसलाई एमालेले विफल बनाउने रणनीति बनाएको हो । तर माधव नेपाल पक्षका सांसदहरुको भूमिका निर्णायक हुन्छ ।उनीहरुकै फ्लोरक्रसले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यसअघि विश्वासको मत पाएको अवस्थामा नीति तथा कार्यक्रम पारित गराउन पनि उनीहरुकै भूमिका निर्णायक हुने भएको हो । आज बैठकमा सहभागी भएका ज्वालाले विपक्षमा मतदान गर्ने बैठकमा जानकारी गराएको प्रमुख सचेतक गुलाबजङ्ग शाहको दावी छ ।३९ सदस्यीय प्रदेश सभामा एमाले एक्लैको २० सिट पुर्याएर सरकारलाई अल्पमतमा पार्ने र नीति तथा कार्यक्रम पारित हुन नदिने दाउमा एमाले देखिएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट