गृहपृष्ठ ∕ समाचार ∕ गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण गढवामा २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण प्रिया स्मृती गजमेर चैत्र १०, २०७७ गते १७:५० मा प्रकाशित दाङ्ग – दक्षिण देउखुरी अधिकार मञ्च गढवाले सामुदायीक स्रोत केन्द्र भवन निर्माण गरेको छ ।समाजसेवी लेखबहादुर थापा र द्रोणप्रसाद आचार्यले निःशुल्क उपलब्ध गराएको एक कट्ठा जग्गामा झण्डै २९ लाखको लागतमा सामुदायीक स्रोत केन्द्र भवन निर्माण भएको हो । विकास कोष नर्वेबाट सहकर्मी समाज मार्फत १० लाख १० हजार, गढवा गाउँपालिकाको १० लाख, संस्थाको ८ लाख ७ हजार रुपैयाँ गरी जम्मा २ लाख ९७ हजार रुपैयाँको लागतमा स्रोत केन्द्रको भवन निर्माण भएको छ ।सोमवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भवन संगै दक्षिण देउखुरी अधिकार मञ्चको छैठौं बाषिएक साधारण सभाको उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष देवराज कुवरको अध्यक्षतामा भएको कार्यक्रममा जग्गा दाता लेखबहादुर थापा, द्रोणप्रसाद आचार्य, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, जिल्ला कार्यक्रम संयोजक पुनाराम पन्थि, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, विकास कोष नर्वे लगायतलाई सम्मान गरिएको छ ।कार्यक्रममा संस्थाका सचिव शोभा रावतले प्रगती र लेखा तथा प्रशासन सहायक पुजा चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, सहकर्मी समाजका कार्यकारी प्रमुख अमर बहादुर ऐर, गढवा बहुमुखी क्याम्पसका देवराज पाठक, गढवा गाउँपालिका वडा नं. ५ का वडा सदस्य गोविन्द वली, पत्रकार दशरथ घिमिरे, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका सहदेव यादव, चेतनशिल महिला विकास केन्द्रका अध्यक्ष शकुन्तला डिसी, दिनमणी आचार्य, अञ्जिता चौधरी लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । रामप्रताप यादवको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिवकुमार चौधरीले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट