गृहपृष्ठ ∕ समाचार ∕ विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त जीएनएन चैत्र ५, २०७७ गते २:२८ मा प्रकाशित काठमाडौं (जिएनएन)- विवेकशील साझा पार्टीले प्रादेशिक समायोजन पूरा गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति वैठकले यसअघि पार्टी सचिवालयले प्रस्तुत गरेको ७ प्रदेशको संयोजक र विदेशस्थित विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको संयोजकमा केन्द्रिय सदस्य सुरेश भट्टलाई अनुमोदन गरेसँगै एकीकरणको पहिलो चरण समापन भएको हो।केन्द्रीय समिति वैठकले प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेष कुमार मिश्र, बागमती प्रदेशमा रञ्जु दर्शना, गण्डकी प्रदेशमा महेश भण्डारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई संयोजकमा अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।कतारमा विगत ६ बर्षदेखी रहेर श्रमिकका दुःख सुखमा काम गर्दै, वैचारिक र सामाजिक रुपमा सक्रिय रहेका गोरखाका सुरेश भट्टलाई विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय संयोजकमा अनुमोदन गरे संगै पार्टिले खाडीबाट पहिलो पटक विदेश विभाग प्रमुख पाएको हो।वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र, सुसंस्कृत राजनीति, समतामूलक सम्वृद्धि, परिवर्तन हाम्रै जीवनकालमा भन्दै उदाएको भ्रष्टाचार विरोधी विवेकशील साझा पार्टीले एकै पुस्ताभित्र मुलुक रुपान्तरण गर्ने लक्ष्य राख्दै भरपर्दो विकल्पको रुपमा आफूलाई जनतामाझ उभ्याएको दाबि गर्दै वन नियूक्त भट्टले गत निर्वाचनमा विवेकशील साझा पार्टीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गराएको अबगत गराए।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइतेकतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणामधेस प्रदेशमा आज सार्वजनिक बिदाआजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ? सिन्धुलीमा यात्रुवाहक भ्यान दुर्घटना, ११ जना घाइते प्रधानमन्त्री प्रचण्डले आज छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्ने एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने पाँचदिने भ्रमणमा नेपाल आउँदै एमसीसी प्रमुख अल्ब्राइट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा