गृहपृष्ठ ∕ समाचार ∕ विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त विवेकशील साझाको प्रादेशिक समायोजन पूरा, विदेश विभाग प्रमुखमा भट्ट नियूक्त जीएनएन चैत्र ५, २०७७ गते २:२८ मा प्रकाशित काठमाडौं (जिएनएन)- विवेकशील साझा पार्टीले प्रादेशिक समायोजन पूरा गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति वैठकले यसअघि पार्टी सचिवालयले प्रस्तुत गरेको ७ प्रदेशको संयोजक र विदेशस्थित विवेकशील साझा अन्तर्राष्ट्रिय समितिको संयोजकमा केन्द्रिय सदस्य सुरेश भट्टलाई अनुमोदन गरेसँगै एकीकरणको पहिलो चरण समापन भएको हो।केन्द्रीय समिति वैठकले प्रदेश १ मा महेन्द्र थापा, प्रदेश २ मा अनिमेष कुमार मिश्र, बागमती प्रदेशमा रञ्जु दर्शना, गण्डकी प्रदेशमा महेश भण्डारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा गेहेन्द्र दाहाल र सुदूरपश्चिम प्रदेशमा गोपाल हमाललाई संयोजकमा अनुमोदन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।कतारमा विगत ६ बर्षदेखी रहेर श्रमिकका दुःख सुखमा काम गर्दै, वैचारिक र सामाजिक रुपमा सक्रिय रहेका गोरखाका सुरेश भट्टलाई विवेकशील साझा पार्टी अन्तर्राष्ट्रिय संयोजकमा अनुमोदन गरे संगै पार्टिले खाडीबाट पहिलो पटक विदेश विभाग प्रमुख पाएको हो।वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको विवेकशील साझा पार्टीले कल्याणकारी लोकतन्त्र, सुसंस्कृत राजनीति, समतामूलक सम्वृद्धि, परिवर्तन हाम्रै जीवनकालमा भन्दै उदाएको भ्रष्टाचार विरोधी विवेकशील साझा पार्टीले एकै पुस्ताभित्र मुलुक रुपान्तरण गर्ने लक्ष्य राख्दै भरपर्दो विकल्पको रुपमा आफूलाई जनतामाझ उभ्याएको दाबि गर्दै वन नियूक्त भट्टले गत निर्वाचनमा विवेकशील साझा पार्टीले आफूलाई तेस्रो शक्तिका रुपमा स्थापित गराएको अबगत गराए।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट