गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान जीएनएन फागुन १९, २०७७ गते ०:१३ मा प्रकाशित काठमाडौं (जीएनएन ) : बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । सेफ सन्तोषलाई बोर्डले मंगलबार सम्मान गरेको हो ।सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाएकोमा सेफ सन्तोषलाई धन्यवाद दिए ।सचिव कोइरालाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । उनले आफ्नो पहिचानलाई विश्व भरि चिनाउन सेफ सन्तोषबाट सिक्नुपर्ने तर्क गरे ।विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउने कोसिस गरेको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल आफुले पाएको बताए । सेफ सन्तोषले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए । उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।सिराहा जिल्लाको कर्जनाहामा जन्मिएका साह गत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बिहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्यपशुपतिमा बालाचर्तुदशीको तयारी पूराआजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुनेपरराष्ट्रमन्त्री साउदलाई रास्वपाको ध्यानाकर्षणपत्र धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ३डीआईजी अशोक सिंहले दिए राजीनामा ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ६असफलताको कारण आत्मदाह (आत्म वृतान्तसहित) ७नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ८हेर्नुहोस तपाईको आजको राशिफल ताजा अपडेट इराकको एक भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु एनआरएनएमा कुनै पक्षलाई पनि आधिकारिक मान्दिनँ : उपप्रधानमन्त्री खड्का,आधिकारिक छान्ने जिम्मा जनसम्पर्क समितीलाई नै एक सय आधारभूत अस्पताल निर्माण गर्ने सरकारको लक्ष्य पशुपतिमा बालाचर्तुदशीको तयारी पूरा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर आजको मौसम : तराइमा हुस्सु तथा हिमाली क्षेत्रमा हिमपात हुने हेर्नुहोस् तपाईको आजको राशिफल यस्ता छन् बिहीबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय