गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान जीएनएन फागुन १९, २०७७ गते ०:१३ मा प्रकाशित काठमाडौं (जीएनएन ) : बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । सेफ सन्तोषलाई बोर्डले मंगलबार सम्मान गरेको हो ।सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाएकोमा सेफ सन्तोषलाई धन्यवाद दिए ।सचिव कोइरालाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । उनले आफ्नो पहिचानलाई विश्व भरि चिनाउन सेफ सन्तोषबाट सिक्नुपर्ने तर्क गरे ।विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउने कोसिस गरेको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल आफुले पाएको बताए । सेफ सन्तोषले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए । उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे ।सिराहा जिल्लाको कर्जनाहामा जन्मिएका साह गत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बिहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप