गृहपृष्ठ ∕ समाचार ∕ सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा रासस माघ ३०, २०७७ गते २०:४४ मा प्रकाशित विराटनगर — नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको मतको अपमान गरेको बताए।नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट यसको निकास र आजको अवस्था विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले सनकको भरमा संसद विघटन गरेको आरोप लगाए ।उनले संसद विघटन भएको मुद्दालाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले संविधानको रक्षा एवं प्राण बचाउन सर्वोच्च अदालतप्रति विश्वास छ भने।केन्द्रीय सदस्य थापाले संविधानको चिर हरण भएमा नेपाली काङ्ग्रेसले ठेकान लगाउने भन्दै सर्वोच्च अदालतले कसैको गर्जनमा प्रभावित बन्न नहुने तर्क गरे ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरित हुने कुनै पनि कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने भन्दै सरकारको पछिल्लो कदम सच्चिनु पर्ने विचार व्यक्त गरे ।नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधिविहीन अवस्थालाई अन्त्य गर्न सर्वोच्च अदालतले संविधानको रक्षा गर्नु पर्ने कुरामा जोड दिए।संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गर्दै प्रजातन्त्र र संविधानको मूल्यमान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नु पर्ने बताए।कार्यक्रममा संविधान सभा सदस्य डिकबहादुर लिम्बू र नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरापलिका प्रमुख भीम पराजुलीले वर्तमान अवस्थाबाट पार पाउन नेपाली काङ्ग्रेले समयमै सही निर्णय लिनु पर्ने धारणा राखेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल