गृहपृष्ठ ∕ आर्थिक ∕ लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा प्रिया स्मृती गजमेर माघ २३, २०७७ गते २१:२७ मा प्रकाशित दाङ—लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को लमहीमा पहिलो पटक ग्लोवल आइएमई बैंकको शाखा स्थापना गरिएको छ ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको उद्घाटन गरे । सम्बोधनको क्रममा उनले उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको ग्लोबल आइएमई बैंक भएको बताए । उनले स्थानीय स्तरबाट संकलन हुने रकमनै स्थानीय स्तरको आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे ।यो क्षेत्रको आर्थिक विकास र सम्भावीत पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको हो उनले भने । स्वरोजगार व्यवसाय देखि कर्पाेरेट विकासमा लगानी लगाएका छौं । बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकको ७५ जिल्लामा सेवा पुगेको र २६५ बढी शाखा रहेको बताए ।बैंकको चुक्ता पुजी २२ अर्व, निक्षेप २ खर्ब ५० अर्ब बढी रहेको छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए ।शाखा प्रवन्धक प्रदिप गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज भुसालले गरेका थिए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट