गृहपृष्ठ ∕ समाचार ∕ ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप दीप संञ्चार मंसीर २३, २०७७ गते १९:५१ मा प्रकाशित बेलायत (जीएनएन) -९० वर्षीया ब्रिटिश महिला मार्गारेट कीननलाई खोप लगाएर यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरिएको छ । उनलाई स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजेर ३१ मिनेटमा वरिष्ठ नर्स मे पर्सन्सले कोभेन्ट्रीस्थित युनिभर्सिटी हस्पिटलमा खोप लगाई दिएकी थिइन्।म्यागी पनि भनेर चिनिने कीननले कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झेको बताइन् । “मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो, ” उनले भनिन्। उनी आउँदो साता ९१ वर्ष पुग्दै छिन्। उनलाई फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। मंगलबार बिहान बीबीसीसंग कुरा गर्दै युकेका स्वास्थ्य मंत्री म्याट ह्यानककले ब्रिटेनमा खोप शुरु गर्न पाउंदा आफु भावविभोर भएको बताए। उनले क्रिसमस भन्दा अगावै लाखौं ब्रिटिश नागरिकहरुलाई खोप लगाउने योजना भएको बताए।यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ। शुरुमा ८० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने बताइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्याएसँगै क्रमश: वितरण गर्ने बेलायतको तयारी छ । यो खोपको प्रयोगसँगै अस्पताल भर्ना हुन आउने कोरोनाका बिरामीहरूको संख्या ९९ प्रतिशतसम्म कम हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ ।फाइजर तथा बायोएनटेक कम्पनीहरुले विकास गरेको उक्त खोप बेल्जियममा उत्पादन गरिएको हो। जीएनएनसंग कुरा गर्दै बेलायतको बर्मिङ्घम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्यालले ब्रिटेनभरि सबै जनतालाई खोप लगाउन अझै ७, ८ महिना लाग्न सक्ने जनाए। तर यो बीचमा खोपबाट नकारात्मक असर परेमा समय अलि लम्बिन सक्ने उनले बताए। ब्रिटेनमा कोभिड १९ का कारण ६४ हजार भन्दा बढी नागरिकहरुको निधन भैसकेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल