गृहपृष्ठ ∕ समाचार ∕ ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव ज्यान लिने उदेश्यले आक्रमण भयो अध्यक्ष – यादव प्रिया स्मृती गजमेर कात्तिक १२, २०७७ गते १९:०१ मा प्रकाशित दाङ — यादव सेवा समाज दाङ्गका अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यान मार्ने उदेश्यले ढुंगा मुढा प्रहार भएको आरोप लगाएका छन्। ढुंगा मुढा बाट गम्भीर घाइते भएका यादवको अहिले नेपालगंज मेडिकल कलेज कोहोलपुरमा उपचार भैरहेको छ।दुर्गा माताको प्रसादका रुपमा बाडिने पट्टि स्थानिय किशोरीलाई नदिएको निहुँमा विवाद शुरु भएको थियो।मन्दिरमा भएको पट्टि सकिएको छ म पसलबाट लिएर दिन्छु भनेको कारण ति किशोरीका काकाले किन पट्टि दिन्न भनिस भनेर झगडा गर्न थालेपछि विवादले उग्र रुप लिएको हो।सार्वजनिक बाटो मै हातपात र कुटपिट भैरहेको देखेर अध्यक्ष यादवले विवाद के कति कारणले भैरहेको छ भनेर त्यहाँ रहेका समुहलाई सोध्दै गर्दा एक्कासि ढुंगाले हिर्काउदा उनि घटनास्थल मै ढलेका उनका आफन्तले बताए।दाङको राजपुरमा स्थित दुर्गा मन्दिरमा दर्शनका लागि पुगेकी १७ वर्षीया एक किशोरीलाइ राजपुर–४ दुलैयाका ओमकार यादवले दुर्व्यवहार गरेपछि विवाद सुरु भएको अर्को पक्षले बताएको छ ।यादव सेवा समाजका जिल्ला अध्यक्ष हिरालाल यादवले आफु माथि ज्यानै लिने उदेश्यले आक्रमण गरेको प्रेस बिज्ञप्तिमा लेखेका छन । आफुले विवाद किन गर्नुहुन्छ भनेर दुवै पक्षलाई सम्झाउन खोज्दा एक्कासि ढुंगाले टाउकोमा हिर्काएको समेत बिज्ञप्तिमा उल्लेख गरेका छन्। टाउकोमा गहिरो चोट भएकोले र रगत जमेकोले कानको सुन्न सक्ने शक्ति बन्द भएको बताएका छन्।इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टका अनुशार केटि जिस्क्याएको कारण झगडा भएको भन्ने खबर प्राप्त भएको हो, दुवै पक्षलाई बसालेर बुझ्न नपाएको उनको भनाई छ।उक्त घटनामा संलग्नहरु अहिले उपचारको शिलसिलामा कोहि बुटवल कोहि नेपालगंज पुगेका छन् उता बात फर्किए भने दुवै पक्षलाई बोलाएर छलफल गर्ने र घटनामा घाइते भएको जुन कुरा छ त्यो डाक्टरले दिएको रिपोर्टका आधारमा प्रहरी अगाडी बढ्ने छ प्रहरी निरीक्षक भट्टले भने।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति