गृहपृष्ठ ∕ समाचार ∕ जसपाले पार्टीको अन्तरिम विधान संशोधन गर्ने, बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति जसपाले पार्टीको अन्तरिम विधान संशोधन गर्ने, बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति दीप संञ्चार कात्तिक २, २०७७ गते २०:०७ मा प्रकाशित काठमाडौं — जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ सय सदस्यीय बनाउन लागिएको हो ।गत बैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल गठन भएको थियो । विधानअनुसार ७०१ जनाको केन्द्रीय समिति बनाउनुपर्ने तर राजपा नेपालबाट आवश्यकताभन्दा बढी नाम जसपामा गएकोले त्यसलाई मिलाउनका लागि ७०१ बाट ८ सय बनाएको लागिएको कार्यकारिणी समितिका एक नेताले बताए ।त्यसका साथै बैठकले पार्टीको नियमावली पनि बनाउने छ । नियमवालीको ड्राफ तयार भइसकेको छ । सो विषयमा भने बैठकमा छलफल गरी टुगों लगाइनेछ । बैठकले संघीय परिषद्को गठन गर्नुको साथै कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन समेत गर्नेछ । पार्टीलाई प्राप्त नमावलीको आधारमा ८ सय सदस्यीयको केन्द्रीय समिति पनि बैठकबाट घोषणा गरिनेछ ।बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । सरकारले कोरोनाका कारण तोकेको मापदण्डअनुसार बैठक सञ्चालन गर्ने जसपा नेपालले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट