Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फप्रधानसेनापति र कतारका राजदूतबीच जंगी अड्डामा भेटवार्ता

प्रधानसेनापति र कतारका राजदूतबीच जंगी अड्डामा भेटवार्ता


काठमाडौं — प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ बिन मोहम्मदबीच भेटवार्ता भएको छ । सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटका क्रममा प्रधान सेनापति थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस