नेपाली रक्तदाता संघ क्यानडा गठन
काठमाडौं — नेपाली रक्तदाताहरुको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्थाको रुपमा नेपाली रक्तदाता संघ क्यानडाको स्थापना भएको छ ।
संघका अध्यक्ष अजय सत्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा क्यानडाका लागी नेपाली राजदुत महामहिम श्री भृगु ढुंगाना हुनुहुन्थ्यो भने अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका संस्थापक अध्यक्ष तथा विश्व रक्तदाता अर्जुन प्रसाद मैनाली, गैरआवासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरन घिमिरे, महासचिब पीताम्बर भट्टराई लगायत रहेका थिए ।
संघ का महासचिब राहुल रेग्मीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य संघ का केन्द्रिय सदस्य निरन्जन पौडेल र संस्थाको बारेमा संघका सल्लाहकार गोविन्द सिंह रावतले प्रकाश पारेका थिए ।
सुरेश गौतम अध्यक्ष रहने गरि गठित १३ सदस्यीय कार्यसमितिको घोषणा गरिएको छ । नवगठित समितिको अध्यक्षमा सुरेश गौतम, उपाध्यक्ष सुकदेब (राजु) बराल , सचिव लीलानाथ पाण्डे, सहसचिब सुशिला पाण्डे दाहाल, कोषाध्यक्ष बिबेक पाण्डे, मिडीया संयोजक प्रदीप मरहट्ठा र सदस्यहरुमा कुसुम रावत, पीताम्बर भट्टराई, डा. दिनेश धरेल, केशब मोहन अधिकारि, ध्रुब श्रेष्ठ, दिपक गौतम र कृष्ण न्यौपाने चयन हुनुभएको छ ।
संघको सल्लाहकारहरुमा गैरआवासिय नेपाली संघ क्यानडाका अध्यक्ष चिरन घिमिरे, अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका केन्द्रिय सदस्य निरन्जन पौडेल, अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका सल्लाहकार गोविन्द सिंह रावत र गैरआवासिय नेपाली संघका केन्द्रिय सदस्य गोपी काफ्ले चयन भएको महासचिव रेग्मीले जानकारी दिए ।
भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढुंगानाले जीवन बचाउने पवित्र कार्यका लागि देश र बिदेशमा रहेर नेपाली समुदाय सेवा भावमा लागेको देख्दा आफुलाई गर्व महसुस भएको भन्दै संघलाई धन्यवाद दिए । रक्तदान जस्तो महान काम अरु नभएको भन्दै उनले नेपाली राजदुताबास नेपाली रक्तदाता संघ क्यानडा संग निरन्तर सहकार्य गर्दै अगाडी बढने र दुताबासले यो अभियानमा सक्दो सहयोग पनि गर्ने बताए ।
क्याटेगोरी : समाचार, क्यानाडा
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस