गृहपृष्ठ ∕ समाचार ∕ न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त जीएनएन असोज २३, २०७७ गते ८:५६ मा प्रकाशित न्युयोर्क — न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्ड(सामुदायिक परामर्श समिति)मा नेपाली समुदायका सामाजिक अभियन्ता तथा अगुवा मिलन कुमार शाहीको नियुक्ति भएको छ।गत अक्टोबर ७, २०२० देखि प्रारम्भ हुने गरी दुई वर्षे कार्यकालको लागि शाही सो पदमा नियुक्ति भएका हुन् । यसभन्दा अघि नेपाली समुदायको तर्फबाट दुईजना अगुवा व्यक्तित्वहरु अस्पतालको सामुदायिक परामर्श समितिमा नियुक्ति भएका थिए । विभिन्न समुदायको तर्फबाट अस्पतालको समितिमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको नवनियुक्त समिति सदस्य मिलन कुमार शाहीले बताए ।समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनको लागि स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येकालाई अस्पतालको समिति सदस्मा नियुक्ति गर्ने प्रचलन रहेको शाहीले बताएका छन । आफ्नो समुदायको प्रतिनिधि अस्पतालको बोर्डमा नियुक्ति भए पश्चात नेपाली समुदायले अस्पतालबाट अधिकतम सुबिधा प्राप्त गर्न सफल रहेको अस्पतालका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङले बताएका छन । हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन अत्यन्तै सजिलो भएको छ ।शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन २००३ सालमा विविधता चिट्ठा (डिभी )मार्फत अमेरिका आएका हुन । शाही स-परिवार न्यू योर्कमा बसोबास गर्छन ।रिजवुड नेपाली समाजमा डेढ दशक भन्दा बढी सेवा पुर्याएका शाही रिजवुड नेपाली समाजका सचिब हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालीसकेका न्युयोर्कका एक प्रभावशाली सामजिक अभियन्ता हुन । समाज सेवालाई आफ्नो कर्तब्यको रुपमा लागि परिरहने शाही हाल ”दर्शन ठकुरी समाज” न्युयोर्कका अध्यक्ष पनि हुन ।न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी घर खरिद बिक्रि अभिकर्ता (रियल्टर )समेत हुन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी