गृहपृष्ठ ∕ समाचार ∕ न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त न्यूयोर्कको चर्चित एल्म्हर्ष्ट अस्पतालको सामुदायिक परामर्श समितिमा नेपाली सामाजिक अभियन्ता शाहीको नियुक्त जीएनएन असोज २३, २०७७ गते ८:५६ मा प्रकाशित न्युयोर्क — न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्ड(सामुदायिक परामर्श समिति)मा नेपाली समुदायका सामाजिक अभियन्ता तथा अगुवा मिलन कुमार शाहीको नियुक्ति भएको छ।गत अक्टोबर ७, २०२० देखि प्रारम्भ हुने गरी दुई वर्षे कार्यकालको लागि शाही सो पदमा नियुक्ति भएका हुन् । यसभन्दा अघि नेपाली समुदायको तर्फबाट दुईजना अगुवा व्यक्तित्वहरु अस्पतालको सामुदायिक परामर्श समितिमा नियुक्ति भएका थिए । विभिन्न समुदायको तर्फबाट अस्पतालको समितिमा जम्मा २५ जनालाई नियुक्ति गर्ने प्रावधान रहेको नवनियुक्त समिति सदस्य मिलन कुमार शाहीले बताए ।समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी समुदाय माझमा पुर्याउनको लागि स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येकालाई अस्पतालको समिति सदस्मा नियुक्ति गर्ने प्रचलन रहेको शाहीले बताएका छन । आफ्नो समुदायको प्रतिनिधि अस्पतालको बोर्डमा नियुक्ति भए पश्चात नेपाली समुदायले अस्पतालबाट अधिकतम सुबिधा प्राप्त गर्न सफल रहेको अस्पतालका बोर्ड सदस्य लुईसाङ वाईबा तामाङले बताएका छन । हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन अत्यन्तै सजिलो भएको छ ।शाही नेपालको रुपन्देहीको छपियामा जन्मिएर सन २००३ सालमा विविधता चिट्ठा (डिभी )मार्फत अमेरिका आएका हुन । शाही स-परिवार न्यू योर्कमा बसोबास गर्छन ।रिजवुड नेपाली समाजमा डेढ दशक भन्दा बढी सेवा पुर्याएका शाही रिजवुड नेपाली समाजका सचिब हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हालीसकेका न्युयोर्कका एक प्रभावशाली सामजिक अभियन्ता हुन । समाज सेवालाई आफ्नो कर्तब्यको रुपमा लागि परिरहने शाही हाल ”दर्शन ठकुरी समाज” न्युयोर्कका अध्यक्ष पनि हुन ।न्युयोर्कमा ब्यापार ब्यवसाय गर्दै आएका उनी घर खरिद बिक्रि अभिकर्ता (रियल्टर )समेत हुन ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल