गृहपृष्ठ ∕ ग्लोबल ∕ यूरोप ∕ पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो जीएनएन असोज १९, २०७७ गते २२:३१ मा प्रकाशित पोर्चुगल — पोर्चुगलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या दुई हजार नाघेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यो संगै पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २००५ पुगेको छ।त्यस्तै सोही समयमा ९०४ जना कोरोनाका नयाँ संक्रमितहरु फेला परेका छन्। यो संगै कुल संक्रमितहरुको संख्या ७९ हजार १५१ पुगेको छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा कोरोनाको पहिलो संक्रमित मार्च महिनामा देखिएयता यो हप्ता सबैभन्दा बढी संक्रमित फेला परेका हुन्।संक्रमितहरुमध्ये ५० हजार २०७ जना निको भईसकेका छन्। पोर्चुगलमा अझै पनि २८ हजार ९४४ जना कोरोना सक्रिय बिरामी छन्। सक्रिय संक्रमितहरुमध्ये ६८२ जनाको देशका विभिन्न कोरोना अस्पतालहरुमा उपचार भईरहेको र ति मध्ये १०५ जनाको अवस्था चिन्ताजनक भएकोले आइसियुमा उपचार भईरहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।कोरोना संक्रमणको रोकथाममा पोर्चुगलले युरोपियन युनियनका अन्य देश्महरुमध्ये निकै सफल भएता पनि पछिल्लो समयमा जनजीवन खुकुलो हुदै गएपछि राजधानी लिस्बन कोरोनाको हटस्पट को रुपमा रहेको छ। सेप्टेम्बरको शुरुवातीसंगै राजधानी लिस्बनमा निरन्तर कोरोनाक संक्रमितहरु बढेपछि बेलायत लगायत युरोपियन युनियनका कयौ देशहरुले पोर्चुगललाई असुरक्षित गन्तव्यको रुपमा राखेको छ।क्याटेगोरी : समाचार, यूरोप तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल