गृहपृष्ठ ∕ समाचार ∕ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ राज्यले प्रबासमा रहेका नेपालीहरु प्रती कुनै भेदभाब गर्दैन – सुबास नेम्बाङ जीएनएन असोज १८, २०७७ गते २१:४३ मा प्रकाशित काठमाडौं — नेकपा संसदीय दलका उपनेता एबम पूर्व सभामुख सुबास नेम्बाङले गैर आबासीय नेपालीलाई नेपाल सरकार र राजनितिक नेतृत्वले कुनै भेदभाब नगरेको र देशको उन्नतीमा साझेदार र सहयात्रीको रुपमा स्वीकार गरी सकेको बताएका छन ।गैर आबासीय नेपाली संघको युरोपियन बैठकको ”एनआरएन नागरिकता र मतदानको अधिकार” सम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेम्बाङले गैर आबासीय नेपाली नागरिकता सम्बन्धि बिधेयक संसदमा पेश भैसकेको र आगामी संसद अधिबेशनले पारीत गर्ने र कार्यन्वयन हुने विश्वाश दिलाए । एनआरएनहरुलाई अधिकार दिन र नेपालको बिकासमा सझेदार रहेका एनआरएनहरु सँग मातृभूमीको सम्बन्ध दिर्घकाल सम्म कायम गर्ने कुरामा सबै राजनीतिक दलको सहमति रहेको पनि उहाले बताए । ब्यक्तिगत रुपमा एनआरएनहरुलाई नागरिकता दिलाउन सुरुवाती दिनबाट आफुले एनआरएन नेतृत्वसँग सहकार्य गर्न पाएकोमा आफुलाई खुशी लागेको बताए ।नेपाली काङ्रेशका नेता मिनेन्द्र रिजालले गैर आबासीय नेपालीहरुले भोगी रहेका समस्या , गरी रहेको प्रगती र प्राप्त ज्ञान सीप बारे आफुले नजिकबाट बुझेको र गैर आबासीय नेपाली अभियानले आफ्नो छुट्टै परोपकारी छबि र नेपालको दु:ख सुखको साथीको छबि बनाएको छ भन्दै मात्रीभुमी सँगको सम्बन्ध अझ दरिलो बनाउन एनआरएन नागरिकताले सहयोग गर्ने बताए । संसारका धेरै देशमा दोहोरो नागरिकताको प्राबधान रहेको त्यस्ता देशले छीट्टो बिकास गरेको उदाहरण छन भन्दै अहिले सामाजिक सान्स्कृतिक अधिकार सहितको नागरिकता भएमा राजनीतिक अधिकार सहितको नागरिकता र मतदानको अधिकार कसरी दिन सकिन्छ भनी बहस चलाऊनु पर्ने बताए ।गैर-आबासीय नेपाली अभियान सुरु भए देखि आज सम्म एनआरएन नागरिकताको लागि गरेको संघर्ष र प्रगती बारे चर्चा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो , रामप्रताप थापा, संघका अध्यक्ष कुमार पन्त , सल्लाहकार कुल आचार्य , सरोज दाहाल, सुरेन्द्र नेपाल श्रेष्ठ लगायतले एक पटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनको मुल नारा भएको त्यसलाई एनआरएन नागरिकता र मतदानको अधिकारले पुरा गर्ने हुँदा त्यस तर्फ छिट्टो काम भएमा देशको र एनआरएनहरुलाई फाईदा हुने भनाइ राखेका थिए । पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले कार्यक्रमको समिक्षा गरेका थिए भने बिरेन्द्र सिंह कार्कीले टिप्पणी गरेका थिए ।गैर-आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले स्वागत गर्नु कार्यक्रममा सहभागीहरुलाई आईसिसी सदस्य बिनोद कार्कीले धन्यवाद ज्ञापन गर्नु गरेका थिए । गैर-आबासीय नेपाली संघका उपाध्यक्ष एबम नेपाली नागरिकता निरन्तरता समिती संयोजक सोनाम लामाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आईसिसी सदस्य सन्तोष जोशी सुबाशले गरेका थिए ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप