Techie IT
×
गृहपृष्ठकला/साहित्यकेशव दाहालको मोक्षभूमि आगामी सातादेखि अनलाइनमा

केशव दाहालको मोक्षभूमि आगामी सातादेखि अनलाइनमा


लन्डन — साहित्यकार तथा प्रखर समाजवादी चिन्तक केशव दाहालको उपन्यास मोक्षभूमि किताब पब्लिसर्सले प्रकाशन गरेको छ।

आर्यवर्तमा आधुनिक मानव सभ्यताले भर्खरै पालुवा हाल्दै थियो। त्यो परिपक्व र मधुर थिएन । बाहिरबाट हेर्दा सबै शान्त देखिन्थ्यो । तर भित्र थियो, उथलपुथल कष्टको पिँजडाबाहिर आउन मान्छेहरूमा तिव्र छटपटी थियो । तिनै कष्टहरूको जन्जिरबाट फुत्किएका दासहरूको वर्षौ पुरानो कथा हो मोक्षभूमि।

दाहालका अनुसार मोक्षभूमिको प्रस्थान विन्दु खस साम्राज्यको सिंजा हो।

धर्तीको रङ र सुगन्ध अर्कै भएका बेला जहाँ ठाउँठाउँमा शिशुबलि हुन्थ्यो, नरबलि हुन्थ्यो, तन्त्रमन्त्रहरूको साधना हुन्थ्यो, सामन्त, सम्राट्, राजा, महाराजाहरू थिए। दासहरू थिए, दासशालाहरू थिए।

प्राचिन खस राजा क्राचल्ल देवले उमेरले धेरै कान्छी रानीलाई प्रभाव पार्न युद्ध त जित्छन्, तर गर्भवती रानीलाई मृतकका आफन्तको पीडा असह्य हुन्छ । जसको प्रायश्चित स्वरुप दश हजार दासहरुलाई मुक्त गरि बुद्ध धर्म ग्रहण गर्दछन् । तीनै मुक्त दासहरुले निर्माण गरेको रोचक राम राज्यको आख्यान हो “मोक्षभूमि” दाहालका बालसखा तेज बहादुर ढकालले पुस्तक चर्चामा उल्लेख गरेका छन् ।

पुस्तक आगामी साता देखी नेपालका पुस्तक पसलहरूका अलावा अनलाइन पनि किन्न सकिने बताइएको छ :

दाहाल साझा पार्टीका संगठन विभाग प्रमुख समेत हुन्।


क्याटेगोरी : कला/साहित्य, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस