Techie IT
×
गृहपृष्ठसमाचारकुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ

कुवेतमा अहिले सम्मकै ठुलो घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, नेपालीहरु पनि पक्राउ


कुवेत — कुवेतको हवाली प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको जाबृया भन्ने ठाउमा नेपालीहरु समेतको सम्लग्नतामा संचालित अहिले सम्मकै ठूलो घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ।त्यहाबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेका बताईएको भए पनि उनीहरुको पूर्ण बिबरण भने खुलाईएको छैन।

कुवेतको अनलाइन समाचार अरब टाइम्समा सेप्टेम्बर ०७,२०२० का दिन प्रकशित समाचारमा भनिएको छ”छापा मारिएको मध्ये अहिले सम्मकै ठूलो मदिरा उत्पादन केन्द्रबाट १७० वटा ठुला ड्रमहरु(ब्यारेल)मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ राखिएको भेटिएको छ।साथै यो कच्चा पदार्थहरुबाट दश हजार भन्दा बढी बोटल घरेलु मदिरा उत्पादन गर्न सकिने बताईएको।

समाचारका अनुसार” घरेलु मदिराको गन्ध आउन सक्ने हुँदा कुवेतको जाबृया स्थित दुई वटा घरहरु(भिल्ला) पूर्ण रुपमा भाडामा लिएर उक्त मदिरा उत्पादन केन्द्र चलाईएको थियो। साथै धेरै कारहरुको आबत-जावत भईरहने र पानीका कार्टुनहरु लाने-ल्याउने गरिरहने गरेको उजुरीको आधारमा उक्त स्थानमा छापा मारिएको थियो।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस