गृहपृष्ठ ∕ समाचार ∕ अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान अल्का अस्पतालकी कर्मचारीको हत्याः भतिजासँग प्रेम अफेयर, आर्थिक कारोबारले लियो ज्यान जीएनएन भदौ २०, २०७७ गते २१:१५ मा प्रकाशित काठमाडौं – ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ। हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियाे।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीता विगत ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। गीतासँग प्रेम अफेयरमा रहेको कुरा निर्मल स्वयंले स्वीकारेको प्रहरीले जानकारी दिएको छ।श्रीमानसँग गीताको सम्बन्ध राम्रो नभएको पनि प्रहरी अनुसनधानबाट खुलेको छ। सोहीकारण निर्मलले गीतालाई हरेक कुरामा सहयोग गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक केसीले निर्मललाई पैसासमेत राख्न दिएकी थिइन्। उक्त पैसा फिर्ता मागेपछि निर्मलले हत्या गरेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार मृतकको श्रीमान घरमा नभएको बेला निर्मल आउने जाने गरेका थिए। मृतक केसी पुल्चोकस्थित अल्का अस्पतालको कर्मचारी रहेको खुलेको छ। उनी उक्त अस्पतालमा ‘हाउस किपिङ’को रुपमा कार्यरत थिइन्।मृतक केसीलाई भतिजा निर्मलले नै अस्पताल लगिदिने र ल्याइदिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मृतक केसीले हत्या भएको दिन श्रीमानलाई ढाँटेर आफू अस्पताल जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी अस्पताल नगइ भतिजा निर्मलसँग जंगल गइ केही समय उनीहरु एकान्तमा गएर बसेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी