गृहपृष्ठ ∕ समाचार ∕ निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने जीएनएन भदौ २०, २०७७ गते ६:४८ मा प्रकाशित काठमाडौं — निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्।‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला,’ उक्त बिमा कम्पनीले परिपत्रमा भनेको छ, ‘निजी ल्याब तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला।’बिमा समितिले पनि कोरोना परीक्षण र रिपोर्ट दिने काममा बदमासी भएको भन्दै कडाइ गर्न निर्देशन दिएको थियो। कोरोना बिमा मापदण्ड २०७७ मा ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ,’ उल्लेख छ।बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समयमा बदमासी बढेकाले कडाइ गरिएको बताए। ‘अहिले निजी ल्याबमा गरिएको परीक्षणमा फ्रड देखियो भन्ने कुरा धेरै आयो, त्यसैले गर्दा सरकारी निकायबाट भएको परीक्षणका आधारमा मात्रै भुक्तानी गर्न भनेका हौँ,’ उनले भने।स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको प्रमाण दिए दाबी भुक्तानीमा समस्या नहुने पौडेलले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ८४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार