गृहपृष्ठ ∕ समाचार ∕ निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने निजी ल्याबमा परीक्षण गरेका कोरोना संक्रमितले दाबी भुक्तानी नपाउने जीएनएन भदौ २०, २०७७ गते ६:४८ मा प्रकाशित काठमाडौं — निजी ल्याबमा कोरोना परीक्षण गरी पोजेटिभ देखिएका संक्रमितले कोरोना बिमाको दाबी भुक्तानी नपाउने भएका छन्। बिमा समितिको निर्देशन भन्दै बिमा कम्पनीहरूले निजी ल्याबबाट भएको परीक्षणको बिमा दाबी भुक्तानी नदिन आफ्ना कर्मचारीलाई परिपत्र गरेका छन्।‘बिमा समितिको परिपत्रअनुसार कोभिड-१९ को दाबी भुक्तानी दिँदा नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका ल्याब तथा अस्पतालमा भएको परीक्षण रिपोर्टका आधारमा मात्रै दिनु होला,’ उक्त बिमा कम्पनीले परिपत्रमा भनेको छ, ‘निजी ल्याब तथा अस्पतालमा गरिएको परीक्षणका आधारमा भुक्तानी नदिनु होला।’बिमा समितिले पनि कोरोना परीक्षण र रिपोर्ट दिने काममा बदमासी भएको भन्दै कडाइ गर्न निर्देशन दिएको थियो। कोरोना बिमा मापदण्ड २०७७ मा ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पिसीआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएमा ७ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ,’ उल्लेख छ।बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समयमा बदमासी बढेकाले कडाइ गरिएको बताए। ‘अहिले निजी ल्याबमा गरिएको परीक्षणमा फ्रड देखियो भन्ने कुरा धेरै आयो, त्यसैले गर्दा सरकारी निकायबाट भएको परीक्षणका आधारमा मात्रै भुक्तानी गर्न भनेका हौँ,’ उनले भने।स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमणको प्रमाण दिए दाबी भुक्तानीमा समस्या नहुने पौडेलले बताए।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न