गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जरिवाना तिर्न नसक्दा दुबई एयरपोर्टमै अड्किए १७ नेपाली यात्रु जरिवाना तिर्न नसक्दा दुबई एयरपोर्टमै अड्किए १७ नेपाली यात्रु जीएनएन भदौ १५, २०७७ गते १४:३६ मा प्रकाशित युएई– जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्।सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन पाएनन्। नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो। जहाज स्थानीय समय अनुसार बिहानको ८:३० बजे उडेको हो।आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए।‘नेपाली यात्रुलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन ।’ उनले भने । उनले जहाजमा २ सय ५८ जना नेपाली यात्रु फर्किएको रातोपाटीलाई बताए।युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएको हकमा जरिवाना लिएको छ। जसका कारण आज स्वदेश फर्कने नेपालीहरु समयमा घर फर्कने टिकट नपाउँदा र लामो समयसम्म युएईमानै बस्नु पर्दा जरिवानामा परेका हुन् ।सरकारले कहिले उद्धार उडान रोक्ने, जहाज सङ्ख्यामा पनि कोटा निर्धारण गर्ने, नियमित उडानको नाममा केही थान जहाज पठाउने निर्णय गर्ने, कमर्सियल फ्लाइटको भाडादर महँगो गर्नेजस्ता नियम लगाउँदा उनीहरु जस्तै थुप्रै नेपाली श्रमिकहरुले जरिवाना तिर्न बाध्य भएका छन् । सरकारले यस्ता विषयमा बेलैमा सोचेन भने युएईमा हजारौं नेपाली कामदारहरु समस्यामा पर्ने निश्चित छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप