गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ जरिवाना तिर्न नसक्दा दुबई एयरपोर्टमै अड्किए १७ नेपाली यात्रु जरिवाना तिर्न नसक्दा दुबई एयरपोर्टमै अड्किए १७ नेपाली यात्रु जीएनएन भदौ १५, २०७७ गते १४:३६ मा प्रकाशित युएई– जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्।सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए -२२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर्ने जरिवाना शुल्क तिर्न नसक्दा नेपाल फर्कन पाएनन्। नेपाल फर्कने अधिकांश नेपाली यात्रुहरुले अध्यागमनमा जरिवाना तिर्नुपर्ने भएकाले जहाज निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्र उडेको थियो। जहाज स्थानीय समय अनुसार बिहानको ८:३० बजे उडेको हो।आज नेपाल एअरलाइन्समार्फत स्वदेश फर्कने अधिकांश नेपाली यात्रुहरुले जरिवाना तिरेका छन् । नेपाल एयरलाइन्स युएईस्थित कन्ट्री म्यानेजर टिकाराम पंगेनीले जरिवाना बापतको रकम धेरै भएकोले १७ जनालाई भने पठाउन नसकिएको बताए।‘नेपाली यात्रुलाई सकेसम्म लैजाउँ भनेर पार्किङ शुल्क तिरेर, जहाज राख्ने अनुमति मागेर पनि कुर्यौं तर १७ जनालाई केही गरी पनि पठाउन सकिएन ।’ उनले भने । उनले जहाजमा २ सय ५८ जना नेपाली यात्रु फर्किएको रातोपाटीलाई बताए।युएईले मार्च १ भन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना नलिने भनेपनि मार्चपछि भिसाको अवधि सकिएको हकमा जरिवाना लिएको छ। जसका कारण आज स्वदेश फर्कने नेपालीहरु समयमा घर फर्कने टिकट नपाउँदा र लामो समयसम्म युएईमानै बस्नु पर्दा जरिवानामा परेका हुन् ।सरकारले कहिले उद्धार उडान रोक्ने, जहाज सङ्ख्यामा पनि कोटा निर्धारण गर्ने, नियमित उडानको नाममा केही थान जहाज पठाउने निर्णय गर्ने, कमर्सियल फ्लाइटको भाडादर महँगो गर्नेजस्ता नियम लगाउँदा उनीहरु जस्तै थुप्रै नेपाली श्रमिकहरुले जरिवाना तिर्न बाध्य भएका छन् । सरकारले यस्ता विषयमा बेलैमा सोचेन भने युएईमा हजारौं नेपाली कामदारहरु समस्यामा पर्ने निश्चित छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट