Techie IT
×
गृहपृष्ठसमाचारपोर्चुगलमा नेपाली : उपचारका क्रममा एक नेपाली चेलीको निधन, समुदाय शोकमा , नौ महिनामा १२ नेपालीको ज्यान गयो

पोर्चुगलमा नेपाली : उपचारका क्रममा एक नेपाली चेलीको निधन, समुदाय शोकमा , नौ महिनामा १२ नेपालीको ज्यान गयो


लिस्बन — पोर्चुगलमा एक नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ। उनि एक बर्ष अगाडी मात्रै पारिवारिक पुनर्मिलन भिषामा पोर्चुगल आएकी थिईन्।

स्याङग्जा जिल्लाको अर्जुन चौपारी गाँपा – ५ जन्मघर भई भएकी रेनुका पौडयाल खनालको स्तन क्यासरवाट हिजो अगस्ट २७ तारिख विहान ६:३० बजे साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममा निधन भएको गैह्र आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ । रेनुकाको असामायिक निधनले पोर्चुगलको नेपाली समुदाय फेरी शोकमा डुबेको छ।

पोर्चुगल आएसंगै बिरामी भएपछि उनको एक बर्षदेखी किमोथेरापी पद्धतीले उपचार भईरहेको पारिवारिक श्रोतले जनायो।

मृतक रेनुका आफ्ना श्रीमान् र एक बर्षकी छोरीका साथ पोर्तुगल बस्दै आएकी थिइन् । उनीहरुका अर्का १० बर्षिय एक छोरा नेपालमा अध्यनरत छन् ।

संघका अनुसार परिवारसंगको सल्लाह र सहमतिमा भोलि अगस्ट २९ तारिख उनको अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार गरिने तय भएको छ ।

बिगत ९ महिनामा मात्रै पोर्तुगलमा १२ जना नेपालीहरुले ज्यान गुमाइ सकेका छन् ।सन् २०१० यता मात्रै पोर्तुगलमा ३६ नेपालीले ज्यान गुमाईसकेका छन्।

अन्तिम श्रद्धाञ्जली र दाहसंस्कार :

अन्तिम श्रद्धाञ्जली : २८ अगस्त, २०२०। दिउँसो १:३० बजे

स्थान : हस्पिटल साओ जोसे मार्तिमुनिज (फ्यूनुराल कापुसोको ठीक अगाडि )

दाहसस्कार गरिने समय : भोली दिनको ठीक ३:३० बजे

दाहसस्कार गरिने स्थानको ठेगाना : parada Alto de São João,3 1900-053,Lisboa

पोर्तुगल सरकारको कोरोना संक्रमण नियन्त्रण निति अनुसार १० जना भन्दा बढी मानिसहरु एकै ठाँउमा जम्मा हुन नमिल्ने भएकोले नियमलाई ख्याल गरिदिनुहुन समेत संघले अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस