Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलयूरोपसाईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन

साईप्रसमा पहिलो पटक माउण्ट एभरेष्ट क्रिकेट क्लब गठन


साईप्रस , आयानापा — युरोपियन देश साईप्रसमा नेपाली युवाहरुलाई खेलको माध्यमबाट एकता गर्ने र नेपाललाई चिनाउने उद्देश्यले माउण्ट एभरेष्ट क्रिकेट क्लब निकोसिया टिम गठन गरिएको छ ।                                                                            साईप्रसमा लामो समय सम्म क्रियाशिल एवमं युवाहरुलई एकिकृत गरेर खेलकुदका माध्यमबाट एकताको सन्देश जगाईरहेका समाजसेबी सुरेश कुमार साहको अध्यक्षतामा सो क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा समाजसेबी सुबास मल्ल , सचिवमा भुवन अचार्य , कोषाध्यक्ष कृप थापालाई बनाईएको छ भने सदस्यमा किस्मत पौडेल रहेेेका छन ।                            त्यस्तै टिमको क्यप्टेनमा बिमल राना भाट , टिम म्यानेजर भुवन अचार्य , सह क्याप्टेन जिवन लम्साल , र खेलाडीहरुमा राम कुमार जैसवाल , अजुर्न साह , आशिष बाम , श्याम पण्डित , भिमसेन बस्नेत , कमल शर्मा , नरेन्द्र झा , अजित गुप्ता , सचिन बोहरा , बिकास क्षेत्रिलाई चयन गरिएको छ साथै क्लबको पहिलो बैठकले नेपाली होनरी कन्सुलेट डा. रामजिवन पन्जियार , युवा उद्यामी रन्जित महतो र एन.आर.एन.साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनलाई सल्लाहकारमा मनोयन गरेको छ ।          साईप्रसमा विभिन्न पेशामा आएका नेपाली युवाहरु जो क्रिकेट मन पराउनेहरुलाई एकिकृत गरि नेपाललाई चिनाउन यो क्लबले महात्वपुर्ण भुमिका खेल्ने आपेक्ष लिएको गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले बताइन ।


क्याटेगोरी : समाचार, यूरोप
ट्याग : #breaking, #game

तपाईको प्रतिक्रिया दिनुहोस