गृहपृष्ठ ∕ समाचार ∕ दिल्लीमा गत २४ घण्टामा १ हजार १९२ कोरोना सङ्क्रमित, ११ जनाको मृत्यु दिल्लीमा गत २४ घण्टामा १ हजार १९२ कोरोना सङ्क्रमित, ११ जनाको मृत्यु एजेन्सी साउन ३०, २०७७ गते २१:३६ मा प्रकाशित भारत — भारतको राजधानी शहर नयाँ दिल्लीमा गत २४ घण्टाको अवधिमा थप एक हजार १९२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ११ सङ्क्रमितको मृत्यु भएको राज्य सरकारले जानकारी गराएको छ ।योसँगै दिल्लीमा शुक्रबारसम्म सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या १ लाख ५० हजार ६५२ पुगेको छ । दिल्लीमा चार हजार १७४ सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ । राष्ट्रिय राजधानीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३६६ पुगेको छ ।दिल्लीमा शुक्रबार कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या ७९० रहेको छ भने अहिलेसम्म एक लाख ३५ हजार १०८ सङ्क्रमित निको भई घर फर्किएका छन् । दिल्लीमा हालसम्म १२ लाख ७३ हजार १४० को कोभिड–१९ परीक्षण गरिएको छ ।संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा गत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६४ हजार ५५३ पुगेको छ भने एक हजार सङ्क्रमितको मृत्यु भएको छ । भारतभर कूल सङ्क्रमितको सङ्ख्या २४ लाख ६१ हजार १९१ रहेको छ भने छ लाख ६१ हजार ५९५ अझै सङ्क्रमित अवस्थामा रहेका छन् । सङ्क्रमितमध्ये देशभर ४८ हजार ४० जनाको मृत्यु भइसकेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट