काठमाडौं – एपीवान टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले नायिका पूजा शर्मासँग माफी मागेका छन् ।
आफ्नो कार्यक्रम (रजतपट) को एउटा एपिसोडको शुरुवातमा बोलिएका केही शब्दहरुले चलचित्र नायिकाहरु र चलचित्र उद्योग माथि नै आघात पुगेको भन्दै उनले माफी मागेका हुन् । उनले रजतपटको एपिसोडमा नायिका पूजा शर्मालाई लक्षित गरी ‘दाह्रा भएकी महानायिका’ बनेर मानमर्दन गरेका थिए ।
यस बिषयमा आफ्नो मानहानी भएको भन्दै आइतबार नायिका शर्माले चलचित्र कलाकार संघ, चलचित्र विकाश बोर्ड लगायत बिभिन्न संघ संस्थामा सुवेदी बिरुद्ध उजुरी दर्ता गराइसकेकी छिन् । उनले उजुरी गरे सँगै आइतबार साँझ सुवेदीले करीब ४ मिनेटको भिडियो निर्माण गरी माफी मागेका हुन् । उक्त भिडियो एपीवान टेलिभिजनको अफिसियल यूट्ययुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
उनले कार्यक्रममै पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भनेर ‘घमण्डी’ अभिव्यक्ति दिएका थिए ।उनले माफी माग्दै भनेका छन्, ‘दाह्रा भएको महानायिका’ शब्द आफूले बोल्नै नहुने शब्द मुखबाट फुत्किएको बताएका छन् । अब आइन्दा यस्तो नहुने भन्दै माफी मागेका हुन् ।
क्यमेरा बाहिर यस्ता शब्द मायालु र प्रिय हुने भएकाले धेरै बोलिने र प्रयोग भइरहने भएकाले आफ्नो मुख बाट कार्यक्रममा उक्त शब्द फुत्किएको दाबी गर्दै उनले भनेका छन्, ‘राष्ट्रिय टेलिभिजन मार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्न हुँदैन थियो । यस बिषयको माफी एक पटक, सय पटक, हजार पटकभन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु, माफी चाहान्छु ।’ सुवेदीले आफूबाट गल्ती भएको र यस विषयमा आफु चुकेको समेत स्पष्ट पारेका छन् ।
आफुले भुलवस बोलको शब्दले जुन प्रतिक्रिया आएको छ, त्यसले आफुलाई बढो गम्भीर बनाएको उनको भनाइ छ ।आफ्नोगल्ती सच्याउने अवसर दिएकोमा उनले प्रतिक्रिया जनाउने सबैलाई धन्यवाद समेत दिएका छन् ।
क्याटेगोरी : समाचारट्याग : #breaking