Techie IT
×
गृहपृष्ठकला/साहित्यएनआरएनए यु१९ ग्लोबल स्पीच कन्टेस्ट सम्पन्न ; म्यान्मारकी खतिवडाले जितिन एक लाख नगद सहित प्रमाणपत्र

एनआरएनए यु१९ ग्लोबल स्पीच कन्टेस्ट सम्पन्न ; म्यान्मारकी खतिवडाले जितिन एक लाख नगद सहित प्रमाणपत्र


दोहा ,कतार –  गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको युवा फोरमद्वारा आयोजित एनआरएनए यु१९ ग्लोबल स्पीच कन्टेस्ट सम्पन्न भयो।अगष्ट ९, २०२० मा भएको एनआरएनए यु१९ ग्लोबल स्पीच कन्टेस्टको अन्तिम प्रतिस्पर्धामा म्यानमारबाट प्रतिनिधित्व गरेकी अभिलाषा खतिवडा विजेता बनेकी छन।

नेपाल बाहिर बसेका नेपाली मुलका बालबालिकाहरुबीच भएको सो प्रतिस्पर्धामा विजेता खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन।त्यस्तै, रसियाबाट प्रतिनिधित्व गर्ने समरिया केसी दोस्रो भएर साठी हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेकी छन।

बेलायतबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो स्थान हासिल गरेर चालीस हजार र सहित प्रमाणपत्र प्राप्त गरिन।

त्यस्तैगरि, अष्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरालाई राइजिङ स्टार र १३ वर्षभन्दा मुनीका लिटल मास्टरको टाइटल अष्ट्रियाकै दिब्या ढकालले प्राप्त गर्न सफल भए। उनीहरुले दुवैले तीस /तीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन।

नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेकी जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए।

यसैगरी थाइल्याण्डबाट प्रतिनिधित्व गर्ने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे।उनीहरु तीनै जनाले बीस /बीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन।

कार्यक्रम गैरआवासीय नेपाली संघ एशिया प्याशिफिक युवा फोरमको आयोजनामा भएको थियो। कार्यक्रमको संयोजन सोहि क्षेत्रका क्षेत्रीय युवा संयोजक दिपक कडेलले गर्नुभएको थियो। कार्यक्रममा २९ देशका ६१ जना प्रतियोगी सहभागि थिए। राष्ट्रको लागि मेरो सपना शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगीता गरिएको थियो।

प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो ।

अनलाईन जुम मार्फत (अडियो, भिडियो) मा भएको प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा रहेका थिए। यस्तै, कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने विशेष अतिथिको रुपमा सहभागीता जनाएका थिए।

आयोजक कमिटि तथा एनआरएन एसिया प्याशिफिक कमिटिका संयोजक दिपक कँडेलले स्वागत गर्दै शूरु गरिएको कार्यक्रममा एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न यस्तै खालका कार्यक्रमको खाँचो औल्याएका थिए।

कार्यक्रममा पूर्व अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रविना थापा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द), उपसंयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा (अमृता) ले शुभकामना दिएका थिए।

कार्यक्रममा कोरियाबाट विज्ञ तथा सल्लाहकार डा देवी बस्नेत, चीनका अध्यक्ष प्रदिप न्यौपानेलगायत सहभागी थिए । कार्यक्रम समापन एनआरएनए एसिया प्याशिफिक क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ (गोविन्द ) ले धन्यवाद ज्ञापन सहित गर्नुभएको थियो। कार्यक्रम एनआरएनए एसिया प्याशिफिक उपसंयोजक पारसमणी पोखरेलले सञ्चालन गरेका थिए।

कार्यक्रम एनआरएनए केन्द्रीय कार्यालय बालुवाटार र जापानको टोकियो स्थित एक हलबाट एकसाथ प्रत्यक्ष प्रसार गरिएको थियो। जापानको सो कार्यक्रममा आईसिसी कोषाध्यक्ष महेश श्रेष्ठ, आईसिसी सदस्य ईन्दिरा सुजुकी र डिपी कँडेल, एनआरएन जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनीता गुरुङं, कोषाध्यक्ष कालीका थापा, महासचिव जनक विक्रम शाही, प्रवक्ता सिद्धार्थ श्रेष्ठ, एसिया प्याशिफिक भाषा तथा साहित्य संयोजक बेलुकाजी थापा, प्राविधिकतर्फ एनआरएन जापानका उपाध्यक्ष नारायण खडका, कार्यक्रम सञ्चालक सृजना पाण्डे (ज्ञवाली ), प्रथम पुरस्कारको प्रायोजक दिपवेय फान्डेसनका सञ्चालक दिपक सुवेदी, बिहुकोट समाज जापान सस्थापक अध्यक्ष ऋषीराम कंडेल र चितवन जापान समाजका अध्यक्ष राजन कुमार श्रेष्ठ सहभागि हुनुहुन्थ्यो । यता एनआरएन सचिवालयमा प्राविधिकतर्फ महेश श्रेष्ठले सहयोग गरेका थिए ।

सो प्रतियोगितामा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले दोस्रो पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले भिडियो सन्देश पनि पठाएका थिए ।

त्यस्तै, कार्यक्रम तथा एसिया प्याशिफिक युवा कमिटीका संयोजक दीपक कँडेलका अनुसार प्रतियोगताका विजेतालाई सम्बन्धीत एनसिसीमार्फत एक कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिनेछ।


क्याटेगोरी : कला/साहित्य, ग्लोबल, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस