गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण जीएनएन साउन २४, २०७७ गते २०:५८ मा प्रकाशित पोर्चुगल – पोर्चुगलमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका ४ हजार १ सय ९५ जना स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।संक्रमित स्वास्थ्यकर्मीहरूमा ५ सय ५३ जना डाक्टर, एक हजार २ सय ८९ जना नर्स, एक हजार २ सय २७ जना अप्रेशन असिस्टेन्ट र १ सय ६६ जना टेक्निकल असिस्टेन्ट रहेका छन्।अझै पनि ६ सय ३६ जना स्वास्थ्यकर्मीहरू संक्रमित रहेको र उनीहरूको उपचार भइरहेको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।संक्रमित स्वास्थकर्मीहरूमध्ये ३ हजार ५ सय ५९ जना रिकभर भइसकेको स्वास्थ्य महानिर्देशनालयको तथ्याकमा उल्लेख छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका २१३ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। ३ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमध्ये २ जना उत्तरी क्षेत्रमा र एक जना लिस्बनमा रहेका छन्।पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितको संख्या ५२ हजार ६१ पुगेको छ।कोरोनाकै कारण अस्पतालमा भर्ना भएकाहरूको संख्या ३ सय ६९ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा १५ ले कम हो। संक्रमितहरूमध्ये ४२ जनाको आइसियुमा उपचार भइरहेको छ।अहिलेसम्म उपचार पश्चात ३७ हजार ८ सय ४० जना निको भइसकेका छन्। एक हजार ३ सय १७ जनामा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण भइसकेको र नतिजाको पर्खाईमा छन्।पोर्चुगलमा घरबाहिर बन्द सार्वजनिक स्थानहरूमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। लिस्बन महानगरपालिकाभित्र बढीमा १० जना र पोर्चुगलको प्रमुख भूगोलमा बढीमा २० जना मात्रै भेला हुनसक्ने गरी सरकारले प्रतिबन्ध लगाएको छ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित…पूर्व डीआईजी रञ्जन कोइराला पक्राउमिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्नबाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ८त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ताजा अपडेट सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ मिलिपोल कतार प्रदर्शनी २०२२ को १४ औं संस्करण सप्पन्न महानगरबासीका ‘बाहुबली’ यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ? बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग