Techie IT
×
गृहपृष्ठसमाचारआज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २२ हजार बढी

आज काठमाण्डौंका ९० सहित ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २२ हजार बढी


काठमाण्डौं – नेपालमा आज काठमाण्डौंका ९० जनासहित ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी काठमाण्डौंमा ९० जना, पर्सामा ७३ जना, धनुषामा ३६ जना, मोरङमा २८ जना, बाँकेमा २१ जना, सप्तरीमा १७ जना, कपिलवस्तुमा १७ जना र महोत्तरीमा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा २ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा शून्य संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सिरहाका ४, मोरङका २८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४, सुनसरीका ३ जना,गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ३५, महोत्तरीका १५, रौतहटका १, सप्तरीका २,सर्लाहीका २, सिन्धुलीका १ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ३, सर्लाहीका १ र पर्साका ७१ जनामा संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका ४४ जना, ललितपुरका १ र नुवाकोटका ३ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा धनुषाका १, काठमाण्डौंका १८, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ५ र धनुषाका १ जना, विर अस्पतालमा गरिएको परीक्षणमा बारा, रामेछाप, सिन्धुपाल्चोकका १÷१ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका १३, ललितपुरका १, सर्लाहीका १ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ८ जना, नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, काठमाण्डौंका १, नवलपरासीपूर्वका १ र पर्साका २ जना, विरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका १ जनामा संक्रमण पृष्टि भएको छ ।

भतरपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ७, नवलपरासीपूर्वका १ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका १, नवलपरासीपूर्वका १, कपिलवस्तुका ६ र रुपन्देहीका ५ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २१ र वर्दियाका २ जना, लु्म्बिनी प्रादेशिक अस्पताल बुटवलमा कपिलवस्तुका ११ जना, नवलपरासी पुर्वका १ र रुपन्देहीका ५ जना, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ४ जनामा संक्रमण पृष्टि भएको छ ।

सुर्खेत प्रादेशिक अस्पताल पशुपंक्षी रोग अन्वेषण सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सुर्खेतका २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ र कालिकोटका २ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका १, डडेल्धुराका ३ र डोटीका ८ जना गरी आज जम्मा ३८० जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३८० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ९७२ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस